२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री लामाले भने, ‘कोभिड र क्षयरोगका लक्षण उस्तै छन्, शंका लागे परीक्षण गराउनु’

स्वास्थ्यमन्त्री लामाले भने, ‘कोभिड र क्षयरोगका लक्षण उस्तै छन्, शंका लागे परीक्षण गराउनु’


काठमाडौँ – क्षयरोगको पनि कोभिड-१९को जस्तै लक्षण हुने हुँदा शंका लागेमा परीक्षण गराउन बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले आग्रह गरेका छन् । बिहिबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य संदेश दिंदै उनले कोभिड र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा दुवै रोगको परीक्षण गराउन आग्रह गरेका हुन् ।

यस्तै, उनले धुम्रपान मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बीसीजीको खोप लगाउने र रोगको संक्रमण अरुमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहन पनि आग्रह गरेका छन्।

बागमती प्रदेश सरकारले रोगहरुको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोले यसबाट समेत क्षयरोगको बेलैमा पहिचानमा मद्धत पुग्ने उनको भनाइ छ ।

उनले क्षयरोगको औषधी नि:शुल्क पाइने हुँदा बेलैमा रोगको पहिचान गरी उपचार गर्न बागमती प्रदेशवासीलाई अनुरोध गरेका छन् ।

‘क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔं’ भन्ने नाराका साथ ‘विश्व क्षयरोग दिवस २०२२’ आज  मनाईँदैछ । नेपालमा सन् २०१८-१९ मा सम्पन्न क्षयरोग प्रिवालेन्स सर्वेक्षण अनुसार अनुमानित ६८,००० जना नयाँ क्षयरोगका बिरामीहरु रहेको तथ्य सार्वजनिक छ ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ