२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका एक जना चिकित्सकमाथि प्रतिष्ठानकै बिरामी कर्मचारीले कुटपिट र हातपात गरेका छन् । बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारीसमेत रहेका बिरामी धनबहादुर शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका हुन् ।

‘उहाँको सातदिन अघि घाउ भएपछि टाँका लगाइएको थियो,’ अस्पतालले स्रोतले भन्यो, ‘इमर्जेन्सीमा आउनुभएछ । डा. करणले टाका काटन ओपीडीमा जानुस् भन्दा आवेगमा आएर उहाँमाथि कुटपिट र हातपात गर्नुभयो ।’

प्रतिष्ठान अस्पताल स्रोतकाअनुसार शाहीले चिकित्सकले ओपीडीमा जानुहोस् भनेको भन्दैं पहिले हातले कुटपिट गरेका थिए । डा. करण भुँइमा पछारिएपछि उनीमाथि लातीले समेत हिर्काएका थिए ।

एनएमए जुम्ला शाखाका उपाध्यक्ष कमलसिंह थानीले ड्युटीमै रहेका बेला चिकित्सकमाथि कुटपिट भएको पुष्टि गरे । ‘आज ड्युटीमै रहेका बेला चिकित्सक साथीमाथि कुटपिट भएको छ,’ उनले भने, ‘थप विवरण उहाँसँगै लिनुहोला ।’ यस विषयमा कुटपिटमा परेका चिकित्सक डा. करणलाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन् ।

घटनापछि शाहीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । नाम उल्लेख गर्न नचाहने अस्पतालका एक चिकित्सकका चिकित्सकहरुकाअनुसार प्रशासनले उजुरी लिन भनेको मानेको छैन । अहिले पीडित चिकित्सकको उजुरी लिन नमानेपछि अस्पतालका थप चिकित्सकहरु पनि प्रशासन जाने तयारी गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ