२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसी अनशन बस्न धनगढीमा, आजैबाट अनशन सुरु गर्ने

डा. गोविन्द केसी अनशन बस्न धनगढीमा, आजैबाट अनशन सुरु गर्ने


धनगढी—चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत प्रा.डा. गोविन्द केसी अनशन बस्नका लागि धनगढी पुगेका छन् । सोमबार अपरान्ह डा. केसी श्री एयरलाइन्सको विमानमार्फत धनगढी पुगेका हुन् ।

केसीले आफ्नो ६ बुँदे माग पूरा गर्न सरकारलाई १२ भदौंमा दुई साताको अल्टिमेटम दिएका थिए । उक्त अल्टिमेटम आज सकिदैंछ । तर, सरकारले यो अवधिमा डा. केसीका माग सुनुवाई गर्ने कुनै तयारी गरेको छैन ।

जसका कारण डा. केसी अनशन बस्न धनगढी पुगेका हुन् । ‘सरकारले माग पूरा गर्ने कुनै छाटकाट देखाएन् । आजै साँझबाट सम्भवतः २० औं अनशन सुरु हुन्छ,’ केसी निकट स्रोतले भन्यो, ‘अहिले अनशन गेटा मेडिकल कलेजमा बस्ने कि कहाँ बस्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

उनले विपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बसेकाहरुको स्वार्थ द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम २०६५ भित्र मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने, विद्युतीय सवारी साधन चलाउन कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्नुपर्नेलगायतका ६ बुँदे माग अगाडि सारेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ