२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यरुकुम पश्चिमको सानो भेरी गाउँपालिकाले पालिकामै आँखा उपचार केन्द्र स्थापना गर्ने

रुकुम पश्चिमको सानो भेरी गाउँपालिकाले पालिकामै आँखा उपचार केन्द्र स्थापना गर्ने


सुर्खेत – रुकुमको सानो भेरी गाउँपालिकाले पालिकामै आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिकामै आँखा उपचार सेवा दिने उद्देश्यले गाउँपालिकाले वडा नम्बर ३ को बेल्टापुमा आधारभूत आँखा सेवा केन्द्र सञ्चालन गर्न लागेको हो ।

गाउँ कार्यपालिकाले पौष २७ गतेदेखि बेल्टापुबाट आँखा उपचार सेवाको शुभारम्भ गर्ने निर्णय गरेको र नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमको सहयोगमा गाउँमै आँखा उपचार सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए ।

‘नेत्र ज्योती संघले आवश्यक सामग्री सहयोग गरेको छ भने गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ ।’ उनले भने,‘आँखा सेवा केन्द्रका लागि गाउँपालिकाले एक जना तीन वर्षे आँखा प्राविधिक, एक जना सिनियर अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरेको छ ।’

बेल्टापुमा अवस्थित पुरानो गाविस भवनमा रहने आँखा सेवा केन्द्रबाट आँखा जाँच, चस्मा वितरण लगायतका सेवा प्रवाह हुने अध्यक्ष विष्टले बताए ।


क्याटेगोरी : अन्य, कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ