२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीकी डा. शाह मृत्यु : पूर्व प्रेमी प्रहरीको नियन्त्रणमा

धनगढीकी डा. शाह मृत्यु : पूर्व प्रेमी प्रहरीको नियन्त्रणमा

डा. सन्दीप भट्टराई फरार


धनगढी-धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा.प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट डा. शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमीसमेत रहेका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डा. सन्दीप भट्टराई भने फरार छन् ।

प्रहरीकाअनुसार उनी मृतक शाहसँग प्रेम सम्बन्धमा थिए । मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी ल्याएको बताउदै डीएसपी चन्दले दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

उनकाअनुसार घटनाबारे अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए । माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ