२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोधरा चाँदनीमा अवैध रुपमा मेडिकल संचालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ

दोधरा चाँदनीमा अवैध रुपमा मेडिकल संचालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ


धनगढी—कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकामा अनुमति नलिएर अवैध रुपमा मेडिकल संचालन गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दोधरा चाँदनी नगरपालिकाको विभिन्न वडामा मेडिकल पसलको अनुमति नलिई औषधि बिक्री तथा उपचारसमेत गर्दै आएका ९ जना पक्राउ परेका हुन् ।

बिक्री विरतणका लागि राखिएको औषधिहरु तथा उपचार सामाग्रीहरुसमेत प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दोधरा चाँदनी नगरपालिका–७ कञ्चभोजमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्ने भारतको उद्धमसिंह नगर खटिमाका २६ वर्षीय संजय विश्वास, भारतकै पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, दोधरा चाँदनी नगरपालिका–७ मिलन चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्ने भारतको पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार पक्राउ परेका छन् ।

दोधरा चाँदनी नगरपालिका–४ लठाघाट चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको पिलिभित रानीकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुधांसु हल्दार, दोधरा चाँदनी नगरपालिका–४ खल्ला चोकमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औष्धि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका २३ वर्षीय रवि विश्वास, दोधरा चाँदनी नगरपालिका–४ श्रेष्ठ चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ३२ वर्षीय कार्तिक सरदार पक्राउ परेका छन् ।

यस्तै, दोधरा चाँदनी नगरपालिका–१ मिलन चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर कुतिया कभरका ३८ वर्षीय निवास गाइन, दोधरा चाँदनी नगरपालिका–१ मिलन चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह कुतिया कभरका ३८ वर्षीय निवास गाइन, दोधरा चाँदनी नगरपालिका–३ श्रेष्ठ चौराहामा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका ४९ वर्षीय निरन्जन अधिकारी र दोधरा चाँदनी नगरपालिका–३ देवीस्थानमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधि पसल संचालन गर्दै आएका भारतको उद्धमसिंह नगर खटिमाका २५ वर्षीय भुपेन्द्र पुरी पक्राउ परेका छन् ।

उनीरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ