२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगाडी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको उपचारका क्रममा निधन

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको उपचारका क्रममा निधन


धनगढी—बझाङमा भएको गाडी दुर्घटनामा परेर गम्भीर भाइते भएका सदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । मंगलबार उनी सवार सुदूरपश्चिम प्रदेश ०१—००१ झ ४८० नम्बरको जीप बझाङको केदारस्युँमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई थप उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज ल्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको हो । नेपालगन्ज मेडिकल कलेजका निमित्त निर्देशक डा. ढुण्डीराज पौडेलले मन्त्री सिंहको ५ बजेर ३३ मिनेटमा मृत्यु भएको जानकारी दिए ।

सिंहसँगै यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन जना पुगेको छ । सिंहकै परिवारका दुई सदस्य श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंह बझाङको देउरा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मन्त्री सिंहसँगै थप उपचारका लागि नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार जारी रहेको थियो ।

मन्त्री सिंह चढेको गाडी धनगढीबाट बझाङ जाने क्रममा दुर्घटना भएको थियो । उनी गत चुनाव बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।
निमित्त

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ