२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायिक परिषदले स्नातक तहका यी विषयको लाइसेन्स परीक्षा लिँदै

स्वास्थ्य व्यवसायिक परिषदले स्नातक तहका यी विषयको लाइसेन्स परीक्षा लिँदै


काठमाडौं- स्वास्थ्य व्यवसायिक परिषदले स्नातक तह उत्तिर्ण गरेका स्वास्थ्य कर्मीको लागि छुट्टै लिखित लाईसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयबाट परीक्षा लिने स्वीकृती पाएसँगै अब परीक्षा लिने बाटो खुलेको हो ।

अहिलेसम्म परिषद् अन्तर्गत दर्ता भएका स्वास्थ्यकर्मीहरुले लाईसेन्स लिनको लागि परीक्षा दिनुपर्दैन थियो । स्वास्थ्यकर्मीहरुको दक्षतामा बारम्बार प्रश्न उठीरहेको बेला त्यसलाई नियमन गर्न लिखित परीक्षा गर्ने तयारी गरिएको परिषदका निमित्त रजिष्ट्रार दिपक भट्टले बताए ।
स्वास्थ्य व्यवसायिक परिषद नियमावलीमा परिषदले विभिन्न तहका परीक्षा सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिई सञ्चालन गर्न सक्ने उल्लेख छ । सोहि नियमावली अनुसार स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाइएको र कार्यविधि बनाएर परीक्षा सञ्चालनको लागि सचिवस्तरिय निर्णय गरी अनुमति पाएको रजिष्ट्रार भट्टले जानकारी दिए ।

परिषद स्रोतका अनुसार कार्यविधि यसअघि नै तयारी अवस्थामा रहेको छ । मन्त्रालयले अनुमति दिएसँगै परिषदको पूर्ण बैठकबाट पास गरी लागू गर्ने गरी पूर्व तयारीमा काउन्सिलका पदाधिकारीहरु बसेका थिए । अब आउने नयाँ ‘पास आउट’बाटै लाईसेन्स परीक्षाको तयारीमा रहेको परिषदले जनाएको छ ।

तत्काल कुनकुन तहको लाइसेन्स परीक्षा हुन्छ ?
ब्याचलर इन अप्टोमेट्री, फिजियोथेरापी, मेडिकल माइक्रोबायोलोजी, बीएससीएमआइटी, बीएमएलटी, बीएचएमएस, बीपीएच, बीपीएच, बीएनवाइएस, बीएएसएलपी ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ