२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन सचिवमा बुर्लाकोटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन सचिवमा बुर्लाकोटी


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको प्रशासनतर्फको सचिवमा मधुसुदन बुर्लाकोटीलाई पठाएको छ । गत बिहीबारको क्याबिनेट बैठकले बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी दिएको हो ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव बुर्लाकोटीले आफूले स्वास्थ्य मन्त्रालय सरुवा भएको पत्र बुझिसकेको बताए । ‘मैले पत्र बुझिसके,’ उनले भने, ‘अब एक दुई दिनमा स्वास्थ्यमा हाजिर हुन्छु ।’

पत्र बुझेसँगै मंगलबार बुर्लाकोटीले उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आएर भेटेका छन् ।

यसअघि पनि बुर्लाकोटी लामो समय स्वास्थ्यमा सह—सचिवको रुपमा काम गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयकी स्वास्थ्य सचिव देवकुमारी गुरागाई अनिवार्य अवकास पाएसँगै प्रशासनतर्फको सचिवको पद खाली रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ