२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ आयोगको टोली शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरिक्षणमा

आयोगको टोली शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरिक्षणमा


काठमाडौं—चिकित्सा शिक्षा आयोगको टोलीले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि अनुमति तथा विद्यार्थी सिट संख्या निर्धारण गर्न अनुगमन गरिरहेको छ ।

चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अवस्थालगायतका विषयमा आयोगको टोलीले स्थलगत अनुगमन गरिरहेको हो।

मंगलबार आयोगको टोलीले विश्वविद्यालय परिसर, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच भएको सम्झौताअनुसार प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पतालमा समेत आयोगको टोलीले अनुगमन गर्नेछ ।

चिकित्सा शिक्षा आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन गर्न प्रस्ताव गरिएका चिकित्सा शिक्षा कार्यक्रमका लागि आवश्यक मापदण्ड पूरा भए–नभएको मूल्यांकन हुने र सोही आधारमा कार्यक्रम सञ्चालन अनुमति तथा विद्यार्थी सिट संख्या निर्धारण हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ