गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग हेल्थ आवाज बुधबार, २०७६ फागुन ७ गते, १०:०७ मा प्रकाशित बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिका—८ प्रदीपनगरस्थित दीप आमा समूहले मिर्गौला रोगबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय बासिन्दाहरुबाट संकलन गरिएको रकममा १० हजार थपेर समूहले मिर्गौला पीडित यमकला कुमाललाई ६४ हजार ५ रुपैंयाँ सहयोग गरेको हो । प्रदीपनगर निवासी कुमाल डेढ वर्षयता मिर्गौला रोगबाट पीडित छिन् । उनको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डायलाइसिस हुँदै आएको छ । साताको दुई दिन डायलाइसिस गर्नुपर्ने उनका श्रीमान ओमबहादुर कुमालले बताए । यमकला २३ वर्षीया हुन् । उनको एक छोरा छन् । श्रीमान ओमबहादुरका अनुसार यमकलामा उच्च रक्तचापको समस्या थियो । सोही समस्याले उनको मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपरेको हो । समूहले संकलन गरेको सहयोग रकम मंगलबार स्थानीय बासिन्दाको रहोवरमा वडाध्यक्ष कृष्णप्रसाद पौडेलले यमकलाका श्रीमान ओमबहादुरलाई हस्तान्तरण गरे । यसअघि समूहले स्थानीय दिनानाथ पाण्डेयकी छोरीको उपचारका लागि एक लाख १९ हजार पाँच सय सहयोग गरेको जानकारी त्यस अवसरमा गराइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत… डा. अरुण शाहीको उम्मेदवारी खारेज नगर्न उच्च अदालत पाटनको अन्तरिम… लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) नेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? स्वास्थ्यका सहायकस्तरका ९ सय बढी कर्मचारीको बढुवा (सूचीसहित) नेपालमा ५हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय केस १८ हजार नाघ्यो