२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यपछिल्लो २४ घण्टामा संक्रमितको संख्या २ लाख भन्दा बढीको दरले वृद्धि

पछिल्लो २४ घण्टामा संक्रमितको संख्या २ लाख भन्दा बढीको दरले वृद्धि


संयुक्त राष्ट्र अमेरिकापछि ब्राजिल कोरोना संक्रमणका कारण अति प्रभावित देशको दोस्रो सुचीमा रहेको छ । यहाँ हालसम्म कोरोना संक्रमितको संख्या झण्डै २० लाख पुगिसकेको छ ।  जोन्स हप्किङ्स युनिभर्सिटि ट्यालीका अनुसार यहाँ कोरोना पुष्टि हुनेको संख्या १८ लाख ६४ हजार ६ सय ८१ रहेको छ । यस्तै,  पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ ।

यद्यपि परीक्षणको दायरा बढाएको खण्डमा अझ संक्रमितको संख्या बढ्न सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।

फ्लोरिडा देश भएको भए अति प्रभावित देशको चौथो सुचीमा पर्ने थियो 

अमेरीकास्थित रहेको फ्लोरिडा शहरमा २४ घण्टाको अवधिमा मात्रै नयाँ १५ हजार कोरोनाका केसहरु दर्ता भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्कुलहरु खोल्नका लागि जोड दिएसँगै त्यहाँ यति धेरै केसहरु देखिएको हो । फ्लोरिडाको कोरोना संक्रमणका केसहरुलाई मुल्याङ्कन गर्दै रिउटर्सले–फ्लोरिडा प्रान्त नभएर एक राज्य भएको भए यो कोरोना संक्रमणका कारण विश्वमा नै अति प्रभावित देशको चौथो स्थानमा रहने बताएको छ ।

२४ घण्टाको कोरोना हटस्पट संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र साउथ अफ्रिका

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पछिल्लो २४ घण्टामा विश्वव्यापी रुपमा कोरोना संक्रमित २ लाख ३० हजार ३ सय ७० का दरले वृद्धि भएको जनाएको छ । यसमध्ये सबैभन्दा बढि केस देखिएको देशहरु क्रमशः युएस, ब्राजिल, भारत र साउथ अफ्रिका रहेको छ ।

यससँगै यी राष्ट्रहरुले रोकथामका लागि विभिन्न कदमहरु चालेका छन् । साउथ अफ्रिकाको सन्दर्भमा भने यहाँको अधिकारीहरुले देशव्यापी रुपमा मदिरा बेचबिखनमा पुर्ण रोक लगाएको छ ।

विश्वभर १ करोड ३० लाख भन्दा बढि संक्रमितको संख्या नाघेको यस अवस्थामा हाल सम्म संक्रमणका कारण ५ लाख ६८ हजार जनसंख्याले ज्यान गुमाइसकेका छन् । यस्तै, ७० लाख मानिसहरु भने संक्रमण पछि निको भई घर फर्किसकेका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ