२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य१० हजार बढी निःशुल्क स्वास्थ्य परीक्षण गर्न केडीसी र प्रभु बैंकबीच सम्झौंता

१० हजार बढी निःशुल्क स्वास्थ्य परीक्षण गर्न केडीसी र प्रभु बैंकबीच सम्झौंता


काठमाडौं—कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्धारा सञ्चालित केडीसी जनरल हस्पिटलले अबको एक वर्षभित्र देशका विभिन्न जिल्लामा पुगेर १० हजार बढी आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

प्रभु बैंक लिमिटेड र बीएम फाउण्डेनसँगको सहकार्यमा केडीसीले जिल्ला जिल्लामा गएर १० हजार बढीको मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी परीक्षण गर्ने भएको हो ।

केडीसीले जिल्लामा स्वास्थ्य परीक्षण सिविर सञ्चालन गरेकै बखत स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक र स्थानीय स्वास्थ्य संस्थाका प्राविधिकहरुलाई मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धी अभिमुखीकरण तालिम दिने समेत उल्लेख गरेको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण सम्वन्धी कार्यक्रम गर्ने विषयमा मंगलबार केसीडी र वीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सिईओ अशोक शेरचनबीच सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । सम्झौंतापछि डा. श्रेष्ठले मुख, आँखा र महिलाको प्रजनन् स्वास्थ्यका विषय निकै नै संवेदनशील रहेको भन्दै स्थानीय तहमा गएर स्वास्थ्य परीक्षण गर्नका लागि हातेमालो गरेकोमा प्रभु बैंकलाई धन्यवाद दिए ।

प्रभु बैंकका सिईओ शेरचनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त केडीसीसंग सहकार्यको थालनी गरेको बताए ।

सम्झौतापछि पहिलो चरणमा कार्यक्रम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकी प्रदेशको स्याङ्जा, कास्की, बागलुङ र म्याग्दी जिल्लामा लागु हुने तयारी छ ।


क्याटेगोरी : अन्य
ट्याग : #अशोक शेरचन, #केडीसी जनरल हस्पिटल, #प्रभु बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ