२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी भिटामिनले गर्छ मुटु रोगको जोखिम कम, तपाईको आहारमा छन् यस्ता पोषक तत्त्व ?

यी भिटामिनले गर्छ मुटु रोगको जोखिम कम, तपाईको आहारमा छन् यस्ता पोषक तत्त्व ?


विश्वव्यापीरुपमा नै हृदय रोग मृत्युको प्रमुख कारण मध्ये एक हो। खराब जीवनशैली, खानपानमा पौष्टिकताको कमी, शारीरिक निष्क्रियता र धूम्रपान गर्ने जस्ता बानीले कम उमेरमा नै मुटु रोगजस्ता समस्याले घर्ने गरेको पाइन्छ। यी समस्याको उपचार खोजिरहेका अनुसन्धानकर्ताहरुले हालै एक अध्ययनको ठुलो दावी गरेका छन्।

वैज्ञानिकका अनुसार भिटामिन के सेवन गर्दा मानिसमा एथेरोस्क्लेरोसिससँग सम्बन्धित हृदय रोग  (हृदय वा रक्त वाहिनीहरुलाई प्रभावित गर्ने स्थिति) को खतरा कम हुने गर्छ। एथेरोस्क्लेरोसिस, धमिनीको भिता र यसको भित्रि फ्याट, कोलेस्ट्रोक र अन्य पदार्थ निर्माणको कारण बन्दछ जसकारण मानिसमा हृदय रोगसँग सम्बन्धित समस्या देखिन सक्छ।

‘जर्नल अफ द अमेरिकन हार्ट एसोसिएशन’मा प्रकाशित अध्ययनमा वैज्ञानिकहरुले के उल्लेख गरेका छन् भने भिटामिन के सेवन गर्दा यस्ता खालका समस्याहरुको खतरा कम गर्दछ। दैनिक जीवनमा कयौं सारा आहारबाट भिटामिन के सजिलै प्राप्त गर्न सकिन्छ।

उक्त अध्ययनका लागि वैज्ञानिकहरुले २३ वर्षको अवधिमा ५० हजारभन्दा बढी मानिसहरुको डाटा जाँच गर्यो। अध्ययनमा वैज्ञानिकहरुले भिटामिन केयुक्त खानेकुरा अत्याधिक सेवन गर्ने मानिसमा एथेरोस्क्लेरोसिससँग सम्बन्धित मुटु रोगलाई कम गर्न सक्छ? भन्ने कुरा जान्ने कोशिस गरे। सो अध्ययनले भिटामिन के १ भएको आहार अत्याधिक सेवन गर्ने व्यक्तिमा एथेरोस्क्लेरोसिससँग सम्बन्धित हृदय रोगका कारण अस्पतालमा भर्ती हुने खतरा २१ प्रतिशतसम्म कम हुन् सक्ने देखाएको छ। यता, के २ भिटामिन सेवन गर्ने व्यक्तिमा १४ प्रतिशत खतरा कम हुने पाइएको छ।

भिटामिन के १ र के २ दुवै शरीरका लागि फाइदाजनक

विशेषज्ञका अनुसार खाद्य पदार्थबाट दुवै प्रकारको भिटामिन प्राप्त गर्न सकिन्छ। पहिलो भिटामिन १ जुन मुख्यरुपमा हरियो पातभएका तरकारी र बनस्पति तेलबाट प्राप्त हुन्छ र भिटामिन २ मासु, अण्डा र पनिर् जस्ता खाद्य पदार्थमा पाइन्छ।

यस अध्ययनका वरिष्ठ लेखक डा निकोला बोन्डोनो भन्छन्,’भिटामिनको सेवन अत्याधिक गर्ने मानिसमा एथेरोस्क्लेरोसिस र अन्य प्रकारको कार्डियोभास्कुलर रोगको खतरा कम हुन्छ। मानिसले हरेकदिन खाने आहारमा भिटामिन १को मात्रा बढी नै भएको पाइन्छ तर भिटामिन के २ भने प्राय कमी भएको देखिन्छ।’ यद्दपी यस अध्ययनले भने दुवै भिटामिन सेवन गर्दा मुटु रोगविरुद्ध सुरक्षा दिनमा लाभकारी पाइएको छ।

अध्ययनकर्ता यसबारे के भन्छन् त ?

भिटामिन-के शरीरको प्रमुख धमिनीमा क्याल्शियम निर्माण रोक्नमा सहायक हुनसक्छ। यो अनावश्यक निर्माण नै हृदय रोगको खतरा बढाउने गर्छ। हालैमा यसको प्रक्रिया पूरा तरिकाबाट बुझ्नका लागि अझै खोज आवश्यक भएको अध्ययनकर्ता बताउँछन। पश्चिमी अष्ट्रेलिया विश्वविद्यालयला अनुसन्धानकर्ता डा. जेमी बोलिङ्ग भन्छन्,’विश्वभरमा मुटु रोग मृत्युको प्रमुख कारण भनेको छ। यस अध्ययन यस खतरनाक रोगको खतरा कम गर्ने भिटामिन केको महत्वबारेमा उल्लेख गरिएको छ।’ स्वास्थ्य विशेषज्ञले पनि यस बारे ध्यान दिन आवश्यक छ ।’

भिटामिन-के१ र के१ कसरी प्राप्त गर्ने ?

आहार विशेषज्ञका अनुसार दैनिक भोजनमा भिटामिन के१ र के-२ सजिलै प्राप्त गर्न सकिन्छ। पकाइएको पालुङ्गो, तोरीको साग, पका हुआ पालक और सरसो की साग, पके हुए काले, पकाइएको गाँठेको साग, काउलीको पात, सुकेको तुलसी र भटमासको तेलमा भिटामिन १ भरिपूर्ण मात्रामा हुन्छ। यस्तै, कुखुराको मासु, ब्लू चीज, पनीर, दुधजन्य पदार्थ लगायतमा के२ प्राप्त गर्न सकिन्छ।

स्रोत : फार्मेसी टाइम्स 


क्याटेगोरी : अन्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ