२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाल नेसनल हस्पिटलले निःशुल्क सर्जिकल परामर्श सेवा दिने

नेपाल नेसनल हस्पिटलले निःशुल्क सर्जिकल परामर्श सेवा दिने


काठमाडौं—कलंकीस्थित नेपाल नेसनल हस्पिटलले नयाँ वर्षको अवसरमा निःशुल्क सर्जिकल ओपीडी सेवा दिने भएको छ । अस्पतालले नयाँ वर्षकै सुरूबाटै पित्तथैलीको पत्थरी, हाइड्रोसिल हर्निया, शरीरमा भएका गाठागुठीलगायतका सर्जिकल रोगहरुको निःशुल्क परामर्श तथा सहुलियत शुल्कमा शल्यक्रिया गर्ने जनाएको छ।

नयाँ वर्ष २०७९ को सुरुदेखि नै यो सेवा सुरु हुने अस्पतालको सर्जरी विभागका चिकित्सक डा. मनिष गौतमले बताए । उनले कलंकी र वरपरका नागरिकलाई यो अवसरको सदुपयोग गर्न समेत आग्रह गरे ।

नेपाल नेसनल हस्पिटलमा ८ जनाको सर्जरी विभाग रहेको छ । विभागमा प्रा.डा. सुमनकुमार श्रेष्ठ, प्रा.डा. पर्शुराम मिश्र, डा. सुन्दर महर्जन, डा. मनिष गौतम, डा. सुमोद कोइराला डा. अमित सिंह, डा. राकेश साह र डा.सविन यादव रहेका छन् ।

साथै, अस्पतालले आगामी वर्षमा विभिन्न विधाका सेवाहरु विशेष छुट दिने तयारी रहेको अस्पतालका अधिकृत समिर शर्माले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ