२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाठेघरको मुखको क्यान्सर विरुद्धको सेरमको भ्याक्सिन यही महिनाबाट भारतीय बजारमा आउने

पाठेघरको मुखको क्यान्सर विरुद्धको सेरमको भ्याक्सिन यही महिनाबाट भारतीय बजारमा आउने


नयाँदिल्ली—भारतको सेरम इन्स्टिच्युटले पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर) विरुद्ध बनाएको खोप ‘सेरभाभ्याक’ यही महिनाबाट बजारमा पाइने भएको छ । २ हजार मुल्य भएको यो खोपका दुई डोज हुनेछन् ।

यो सर्वाइकल क्यान्सर विरुद्ध भारतमा बनेको पहिलो ह्युमन पेपिलोमा भाइरस (एचपीभी) भ्याक्सिन हो ।

भ्याक्सिनको सेरम इन्स्टिच्युट अफ इण्डिया, डिपार्टमेन्ट अफ बायोटेक्लोलोजी, बायोटेक्नोलोजी इन्डष्ट्री रिसर्च असिस्टेन्ट काउन्सिल र विल एण्ड मेलिन्डा फाउण्डेसनले मिलेर बनाएका हुन् । सेरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाकाअनुसार सुरुवाती चरणमा खोप केही कम हुने छ । आगामी वर्ष भने खोप उत्पादनलाई बढाइने उनले बताएका छन् ।

भारतीय सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशमा देशभर छात्राहरुलाई सर्वाइकल क्यान्सरको रोकथाम र एचपीभी खोपको महत्वका बारेमा सचेतना फैलाउन निर्देशन दिएको छ । यसका अलावा पाठेघरको मुखको क्यान्सरको खतरा रोकथामका लागि भारत सरकारले चाडै स्कुल तहमा भ्याक्सिनेसन कार्यक्रम संचालन गर्ने बताइएको छ । भारतीय केन्द्रीय सरकारको यो अभियानका क्रममा सुरुमा ९ देखि १४ वर्षसम्मका केटीहरुले यो खोप दिइनेछ ।

सर्वाइकल क्यान्सर संसारभरमा महिलाका लागि दोस्रो सबैभन्दा घातक बिमारी मानिन्छ । यो क्यान्सर योनीबाट सुरु भएर मुत्रासय, मलाशयलगायतका अंगहरुमा तीब्र गतिमा फैलिन्छ । यो क्यान्सर पेपिलोमा भाइरसको संक्रमणबाट हुने गर्छ । बढी ध्रुमपान गर्ने र इम्युनिटी कम नर्गे औषधी सेवन गर्ने महिलाहरुमा यसको खतरा बढी हुने गर्छ ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ