२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्यकञ्चनपुरको लालझाडी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी


धनगढी– कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ शय्याको गाँउपालिका स्तरीय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ शय्याको अस्पताल बनाउने भएको हो ।

संघीय सरकारबाट १० शय्या र स्थानीय सरकारबाट ५ शय्या थप गरेर लालझाडी अस्पताल बन्नेछ । लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले अस्पतल निर्माणका लागि प्रकृया अघि बढिसकेको बताए । ‘अस्पतालल निर्माणका लागि हामीले प्रकृया अघि बढाईसकेका छौँ,’ उनले भने, ‘हाल टेण्डर प्रकृयामा छौँ ।’

गाउँपालिका प्रमुख बडायकले संघीय सरकारबाट १० शय्या र स्थानीय सरकारबाट थप ५ शय्या गरी १५ शय्याको अस्पताल निर्माण गरिने बताए । ‘हाल १० शय्याको योजना भएपनि त्यसले निकट भविष्यमा अपुग हुन्छ,’ उनले भने, ‘५ शय्याका लागि गाँउपालिकाले स्रोत जुटाउँछ ।’
१० करोड ८३ लाख बजेट आएको प्रमुख बडायकले बताए ।

लालझाडी गाँउपालिका ३ नन्दगाँउको शंकर आधारभूत विद्यालयले १५ कठ्ठा जमिन उपलब्ध गराईसकेको प्रमुख बडायकले बताए । ‘अस्पतालका लागि जमिन प्राप्त भइसकेको छ,’ उनले भने,‘डीपीआर काम अघि बढिसकेको छ ।’ अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर का लागि चालु आर्थिक बर्ष २०७७÷०७८ मा ८५ लाख बजेट आइसकेको छ ।


क्याटेगोरी : पालिका स्वास्थ्य, समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ