२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अनिलकुमार झा : नाक सुख्खा हुने र चिलाउने किन हुन्छ?

डा. अनिलकुमार झा : नाक सुख्खा हुने र चिलाउने किन हुन्छ?


नाकको सुख्खापन केही प्रतिकूल वातावरणीय अवस्थाको समयमा देखिने सामान्य लक्षण हो । अत्याधिक तातो, सुख्खा मौसम र कम आद्रताजस्ता प्रतिकूल सबैखाले वातावरणीय अवस्थाका कारण नाक सुख्खा हुने, चिलाउने तथा पोल्ने हुन्छ । यसबाहेक केही औषधीहरुको सेवनका कारण व्यक्तिमा यस्तो समस्या साइड इफेक्टको रुपमा पनि देखा पर्दछ ।

यसैगरी, धुलो धुवाँका कारण पनि व्यक्तिको नाक सुख्खा हुन पुग्छ भने कतिपय व्यक्तिको बाफ लिने बानीले पनि यस्ता समस्या निम्त्याउँन सघाउ पु¥याउँछ । यस्तै, साबुनको प्रयोग, पानीका कारण (विशेषगरी पौडी खेल्दा) र कतिपय व्यक्तिले प्रयोग गर्ने नाक स्प्रेले पनि व्यक्तिमा यस्तो समस्या निम्त्याउन मद्दत गर्दछ ।

आफ्नो काम उचित रुपमा गर्न नाकलाई निश्चितस्तरको आद्रता आवश्यक पर्दछ । तसर्थ, यस्ता विविध कारणले नाकको मोस्चराइजर यानिकी ओसिलो रहने ग्रन्थीलाई असर पार्दछ । जसकारण पनि नाक सुख्खा हुने हुन्छ । यसर्थ, नाक सुख्खा हुने समस्या व्यक्तिमा विशेषगरी एलर्जीको रुपमा देखा पर्दछ ।
नाकको सुख्खापन भएका व्यक्तिमा लक्षणको रुपमा निम्न समस्याहरु देखिने सम्भावना प्रबल रहन्छः

ड्ड रक्तस्राव
ड्ड सुघ्ने शक्तिमा कमी
ड्ड हाँछ्यु आउने
ड्ड आँसु बग्ने
ड्ड नाक बन्द हुने वा नाकबाट पातलो सिंगान बगिरहने
ड्ड नाक रातो भई तात्तिने र सुन्निने ।

समाधानका उपाय

एलर्जी भनेको कुनै रोग होइन । कुनै एलर्जी शरीरको टचमा आउने बित्तिकै त्यसले आफ्नो प्रभाव स्वरुप विभिन्न लक्षणहरु देखाउन थाल्दछ । तसर्थ, यस्ता समस्या देखा नपरोस् भन्नका लागि सर्वप्रथम त व्यक्तिले आफूलाई के–कारणले यस्तो समस्या देखाप¥यो भनेर त्यसको कारण पत्ता लगाउनु पर्दछ ।

र, कारण पहिचान गरी त्यस कारणबाट टाढा रहनु वा सो चीजको उचित व्यवस्थापन गर्नु नै यस समस्याबाट बच्ने उत्तम उपाय हो । यदि व्यक्तिमा अत्याधिक धुलो–धुवाँको कारण यस्ता समस्या देखिएको हो भने मास्कको प्रयोग गरेर पनि उक्त समस्याबाट टाढा रहन सकिन्छ ।

तर, लक्षणसहित देखिएको नाकको सुख्खापनलाई चिकित्सा क्षेत्रअन्र्तगत गम्भीर समस्याको रुपमा लिइने हुनाले यसको उपचार भने समयमै गर्नुपर्दछ । यस्तै कतिपयलाई दैनिक जीवनमा आवश्यक पर्ने घाम, हावा तथा पानीबाट पनि यस्ता समस्या देखिने हुँदा त्यस्ता समूहलाई पनि उपचार आवश्यक पर्दछ । तसर्थ त्यस्ता व्यक्तिले तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ