२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकेही व्यक्ति आवश्यकभन्दा बढी किन सुत्छन् ?

केही व्यक्ति आवश्यकभन्दा बढी किन सुत्छन् ?


उचित निन्द्रा प्रत्येक व्यक्तिलाई नभई नहुने एक आवश्यक तत्व हो । आवश्यक निन्द्राको समय अवधि कति भन्ने कुरा व्यक्तिको उमेरमा निर्भर रहन्छ । सामान्यतयाः कुनै पनि व्यक्तिलाई साढे ६ देखि ७ घण्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ । उचित निन्द्राको अभावमा व्यक्तिमा विभिन्न समस्या देखिन्छ ।

तर, धेरै सुत्ने बानीले पनि शरीरमा विभिन्न समस्याहरु निम्त्याउँन सक्छ र व्यक्तिको लामो समयसम्म सुत्ने बानीले उसको स्वास्थ्य स्थितितर्फ संकेत समेत गरिरहेको हुन्छ भन्ने कुरा कमैलाई मात्र थाहा भएको तथ्य हो ।

कतिपय व्यक्तिहरु आवश्यकताभन्दा धेरै सुत्ने वा उनीहरुलाई तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा बढी निन्द्रा लाग्ने समस्या हुन्छ । जसकारण केही व्यक्तिहरु दिउँसोको समयमा पनि सुत्ने गर्छन् । तर, वास्तवमै केही व्यक्ति धेरै वा लामो समयसम्म किन सुत्छन् ? यसले व्यक्तिको कस्तो स्वास्थ्य स्थितितर्फ संकेत गरिरहेको हुन्छ?

  • स्लीप एप्निया
  • घुर्ने बानी
  • गर्भावस्था
  • बुढ्यौलीपन
  • डिप्रेसन
  • हाइपो–थाइराइड
  • मुटु रोग
  • केही विशेष औषधीको सेवन

लगातार निन्द्रा लागिरहने वा जुनसुकै समयमा पनि सुत्न मन लाग्ने समस्या देखिएमा व्यक्तिले यो के कारणले देखिएको हो? भन्ने थाहा पाउनका लागि समयमै आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ । यस विषयमा व्यक्तिले सम्बन्धित चिकित्सकको परामर्शसमेत लिन सकिन्छ ।

आवश्यकताभन्दा बढी सुताइले बढाउने जोखिम

कुनै पनि व्यक्ति कति समय अवधिसम्म सुत्छ? भन्दा पनि उसले कति समय उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । तर, केही यस्ता समूहहरु पनि छन्, जो सामान्य स्वास्थ्य अवस्थाका बाबजुद पनि अल्छीपनको कारण धेरै र आवश्यकताभन्दा बढी सुत्ने गर्छन् ।

जसले उनीहरुमा आलस्यता बढाउनुका गर्नुका साथै टाउको दुखाइ, मोटोपन, मधुमेह, ढाडको दुखाइ, डिप्रेसन, मुटु रोगका साथै मृत्युको जोखिमलाई पनि निम्त्याइरहेको हुन्छ । तसर्थ, यस्ता समस्या देखा नपरोस् भन्नका लागि पनि हामीले आवश्यक पर्याप्त निन्द्रा मात्रै उपभोग गर्नुपर्छ । उचित र पर्याप्त निन्द्राका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्दछः

  •  नियमित शारीरिक व्यायाम
  • चिल्लो, गुलियो एवं मसालेदार खानाको कम प्रयोग गर्ने
  • शारीरिक रुपमा सक्रिय रहने
  • सुत्ने समयमा कक्षलाई शान्त एवं अध्यारो राख्ने
  • सुत्ने र उठ्ने तालिका बनाएर त्यसलाई कडा रुपमा अनुशरण गर्ने
  • स्लीप हाइजिङमा उचित ध्यान दिने

स्लीप हाइजिङ भन्नाले व्यक्तिको सुत्ने वातावरण तथा दैनिक दिनचर्या भन्ने बुझिन्छ । तसर्थ यी दुवै पक्षमा उचित ध्यान दिदा यसले व्यक्तिको निन्द्रालाई कुनै पनि अवरोध बिना उचित निन्द्रा प्रदान गर्न मद्दत गर्दछ ।

यसका लागि व्यक्तिले स्थिर सुत्ने तालिका राख्दै सुत्ने कोठालाई आरामदायी र अवरोधहरूमुक्त बनाउने, आरामदायी पूर्व (ओछ्यानको तालिका अनुसरण गर्दै) र दिनमा स्वस्थ बानीहरू निर्माण गर्नुपर्छ । जसले उचित एवं आदर्श निन्द्राको स्वच्छतालाई योगदान पु¥याउँछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ