२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. प्रेणित पोखरेल : दाँत पहेलो किन हुन्छ?

डा. प्रेणित पोखरेल : दाँत पहेलो किन हुन्छ?


झट्ट हेर्दा आकर्षक देखिने मिलेको र सेतो दाँतलाई व्यक्तिको आकर्षणको केन्द्रविन्दु पनि मानिन्छ । यसले व्यक्तिको व्यक्तित्वमा समेत निखार ल्याउँछ ।

तर, व्यक्तिपिच्छे दाँतको रंग फरक–फरक हुन्छ । कतिपय व्यक्तिको दाँत सेतो हुन्छ भने कतिपयको पहेलो । आखिर किन यस्तो हुन्छ? सबै व्यक्तिको दाँतको रङ किन समान हुँदैन ? दाँत सेतो बनाउन के गर्नुपर्छ? यो अधिकांशको जिज्ञासा हुनसक्छ ।

सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने व्यक्तिको दाँत, कपाल र आँखाको रङ जन्मदा नै उसको डिएनए वा वशांणुद्वारा नै निर्धारित भएको हुन्छ । दाँत पहेलो वा डिसकलर हुनु पछाडिको कारण आणुवंशिक पनि हो । यसबाहेक व्यक्तिको दाँत पहेलो हुनु पछाडिको अन्य कारण भने निम्न छन् ।

  • बढ्दो उमेर
  • इनामेल पातलो वा कमजोर हुनु
  • कम दन्त हाइजनिकका कारण
  • कफी, वाइन, चियाजस्ता पेय पदार्थको सेवन
  • धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन ।

बच्ने तथा समाधानका उपाय

यदि कुनै पनि व्यक्तिलाई आफ्नो दाँतको रंग खुइलिदैं गएको भान भएमा व्यक्तिले दाँतको रङलाई हानी गर्ने कफी, चिया तथा वाइनको मात्रालाई कम गर्नुपर्छ । यी पदार्थको सेवनपछि सकेसम्म ब्रस वा मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । यसैगरी, धुम्रपान र सूर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।

यसका साथै चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले डिप–क्लीन पनि गराउन सकिन्छ । तर, यसले व्यक्तिको दाँतको संवेदनशिलतालाई बढाउने भएकोले यसको प्रभाव सबै समूहमा समान रुपमा भने देखिदैन् ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ