२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिनौं आइसोलेसनमा बस्दा शरीरमा पर्ने असरहरू

महिनौं आइसोलेसनमा बस्दा शरीरमा पर्ने असरहरू


यो कोरोना महामारी बढेपछि कोभिड-१९ बाट संक्रमण हुन नदिनको लागि घरमै बस्न उपयुक्त हुन्छ भनिएको छ। तर, घरमै बन्धकजस्तो पारेको जीवनले आफैमा शारीरिक रोगहरू निम्त्याउन सक्छ।

यति लामोसमयसम्म घरभित्रै बस्दा शरीरलाई संकुचन बनाउनुको साथै मुटु र फोक्सोलाई कमजोर गर्दछ। त्यति मात्र नभएर मस्तिष्कको कार्यलाई समेत बिगार्दछ। यो आधाभन्दा बढी वर्ष नै निकै अलग खालको छ। महामारीको अन्त्य जति बेला पनि हुनसक्छ। यस्तोमा घरमा बस्न र गतिहिन रहनु शरीरलाई कमजोर बनाउन सक्छ।

एक हप्ताको लकडाउनमा चाहे तपाई काम गर्नुहोस्, खानुहोस् अथवा सुत्नुहोस, त्यो तपाईलाई जरुरी र सामान्य नै लाग्न सक्छ। तर, मुस्किलले मात्रै काममा उपलब्धि पाउन सकिन्छ। यसकारण मांसपेशी निर्माण गर्न महिनौं लिन सक्दछ । तर, यसलाई गुमाउन भने केवल एक हप्ता लाग्न सक्छ। डेभिस- क्यालिफोर्निया विश्वविद्यालयको आणविक व्यायाम फिजियोलजीका प्रोफेसर कीथ बारले भने, ‘हाम्रो दैनिक हुने कडा परिश्रमले मानवको उमेर जति बित्दै जाँच्न त्यति नै मांसपेशी पनि गुम्ने गर्छ।’

जब तपाई मांसपेशीहरु गुमाउनु हुन्छ तब सबै थोक भने हराउनु हुन्न । तर, तपाई शक्ति चाहिं गुमाउनु हुन्छ । जुन बारले भनेका छन्, ‘तपाई कतिन्जेल बाँच्नुहुन्छ भन्ने ‘सबैभन्दा शक्तिशाली सूचक’ मध्ये एक हो। हामी जति बलियो भै बस्छौं, हाम्रो आयु त्यति नै लामो हुन्छ।’

ब्यायाम नगर्दा मुटु र फोक्सो कमजोर हुँदै जान्छ।

‘यदि तपाई व्यायाम गरिरहनु भएको छैन भने तपाईंले आफ्नो मुटुको दर बढाउनु सक्नहुन्न । र जब तपाइँको मुटु कमजोर हुने हुँदा कडा रुपमा पम्प हुँदैन्,’ बारले भने।

‘फोक्सोमा पनि उस्तै समस्या आउँने हुन्छ जब तपाई निष्क्रिय हुनुहुन्छ,’ जोन्स हप्किन्स बेभ्यूभ मेडिकल सेन्टरका पल्मोनोलजिष्ट डा. पनागिस गलियाटासोसले भने। उनले आफ्नो धेरै बिरामीले शारीरिक व्यायाम नगरेकै कारण श्वासप्रश्वास प्रणाली बिग्रिएको पाएका छन्।

कमजोर फोक्सो भएका मानिसलाई कोरोनाभाइरसको लागि अत्ति नै बढी संवेदनशील ठानिन्छ । किनभने, यो पनि एक श्वासप्रश्वासको रोग हो। त्यस्ता व्यक्ति संक्रमण आफुमा हुन् नदिन घरमै बस्नु उपयुक्त हुन्छ। तर, यदि उनी कुनै हलचल नगरी र फोक्सोमा रगत प्रवाह बढाइरहेका छन् भने घरबाहिर नगए पनि आफ्नो स्वास्थ्यमा हानी पुर्‍याइरहेका हुन्छन् ।

‘व्यायाम दुबै मुटु र फोक्सोको कार्यलाई सुधार गर्ने एक मात्र साँचो हो । एक पनि औषधिले पनि त्यसो गर्न सक्दैन्,’  डा. गलियाटासोसले भने। यदि घरबाट बाहिर निस्कन सुरक्षित छैन भने बारले घरमै नृत्य गर्न र शारीरिक कसरत हुने खालको घरेलु काम गर्न गलियाटासोसले सुझाव दिएका छन्।

फेरी मोटोपन बढ्छ  

यदि तपाई पूरा दिन घरमै बस्नु हुन्छ भने तपाईको खानेकुराको भण्डार नजिकै हुन्छ। यो फाइदाजनक हुन्छ वा खतरनाक त्यो तपाईको सोचमा भर पर्छ। त्यसले गर्दा तपाईको खानेकुरा खाने समय १० देखि १२ घण्टादेखि बढेर १५ घण्टासम्म पनि पुग्ने हुन्छ।

आधाभन्दा बढी दिन जसले तपाईमा इन्सुलिन स्तर बढाउँछ। इन्सुलिनले फ्याट भण्डारण गर्न र अन्य फ्याट अणुहरूलाई फ्याटमा रूपान्तरण गर्न प्रोत्साहित गर्छ, ‘ नोत्र डेम विश्वविद्यालयको एनाटॉमी र फिजियोलजीका सहयोगी प्राध्यापक गिलस डफिल्डले भने।

अत्याधिक भोजन गर्नु पनि एक समस्या रहेको डफिल्ड बताउँछन्। किनभने, महामारीको सुरुवातमा कयौं मानिसले आपूर्तिको कमीको समस्याले गैर-खाद्यान्न पनि स्टक गरिरहेका हुन्छन। कयौं गैर खाद्य पदार्थ अत्याधिक भोजन गर्नु पनि एक समस्या रहेको डफिल्ड बताउँछन्।

कयौं गैर खाद्य पदार्थमा अत्याधिक चिनी र स्टार्च हुने गर्छ। जसले अत्याधिक तनाव लिएको समय वजन बढाउने गर्छ। र, २०२० निकै तनावपूर्ण नै रहेको छ। त्यसकारण शरीरको वजन बढ्नु र मोटोपनामा बदलिनु सामान्य नै बनिरहेको छ। त्यसपछि तपाईको शरीर इन्सुलेसनलाई विरोध गर्न सुरु गर्सक्छ। र पुरानो रोग जस्तै मधुमेह रोग लाग्ने गर्छ,’ डफिल्डले भने।

तपाईको आसनले पनि प्रभावित गर्छ

‘हामी सधै बसिरहेको एकै आशनले पनि स्वास्थ्यमा प्रभाव पार्छ। तर, दिनभरि बस्नु र पल्टिरहने गर्नाले तपाईको आसनमा गम्भीर असर पर्न सक्छ र तपाईंको पछाडि, घाँटी, काँध, हिप्स र आँखामा असर पुर्‍याउँछ,’ क्यालिफोर्निया विश्वविद्यालयको रिभरसाइडमा स्वास्थ्य केन्द्रका महामारी रोग विज्ञ र सहयोगी प्राध्यापक ब्रान्डन ब्राउनले भने।

एकठाउँमै बस्नुपर्ने भएमा तपाईको सिटबाट एक घण्टामा एकपटक वरिपरि हिड्नेदेखि एकछिन शरीरलाई तन्काउन उनले सुझाव दिएका छन्।

निद्रामा पर्ने असर

यदि तपाईंले आफ्नो अधिकांश दिन घरमा खर्च गर्नुभयो र एकै कुनामा काम गरिरहँदा पनि निन्द्रामा असर पर्ने गर्छ। ब्रान्डन ब्राउनले भने, ‘जबसम्म तपाई हिड्न हुन्छ व्यायाम गरिरहन हुन्छ वा अन्य कामहरु गरिरहनहुन्छ तबसम्म तपाईंले पर्याप्त सूर्यको किरणको चिन्ता लिनुपर्दैन। यदि तपाईं घरबाट बाहिर जान असमर्थ हुनुहुन्छ वा मौसमले तपाईंलाई अनुमति दिदैन भने एउटा कृत्रिम उज्यालो बत्तीले बिहान तपाईंको शरीरलाई पुनःस्थापना गर्न मद्दत गर्दछ। रातो र निलो बत्ती भने राति बेवास्ता गर्न सकिन्छ। डफिल्डले भने राती निलो बत्तीहरू बेवास्ता गर्न सक्छन्।’

दिमाग सुस्त हुन्छ

आरामदायी जीवनशैलीले तपाईंको दिमाग पनि सुस्त बनाउन सक्छ। ‘व्यायामले दिमागमा केही रसायनहरू उत्पादन गर्दछ जसले रगतमा विषाक्त पदार्थहरू तोड्दछ र दिमागमा जानबाट रोक्छ। जहाँ उनीहरूले मस्तिष्क कोषहरू मार्न सक्छन्,’ बारले भने।

मानसिक र शारीरिक स्वास्थ्यलाई प्राथमिकता दिन घरमा रहँदा केही कसरत हुनेखालका काम आवश्यक पर्दछ। कोभिड-१९ को अन्त्य नहुनेसमयसम्म सधै नियमित शारीरिक व्यायाम, सन्तुलित आहार नै स्वास्थ्य समस्याको समाधान गर्ने उपाय रहेको स्वास्थ्य विज्ञहरुको सुझाव छ।

-सीएनएनबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ