२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिनावारीका बेला हुने समस्याबाट छुटकारा पाउन के गर्ने ?

महिनावारीका बेला हुने समस्याबाट छुटकारा पाउन के गर्ने ?


महिनावारीको बेला देखिने शारीरिक एवम् मानसिक समस्या महिलाका साझा समस्या हुन् । पेट दुख्ने, थकान महशुस हुने, वक्षस्थल दुख्ने, टाउको दुख्ने, कब्जियत हुने, अत्याधिक रक्तश्राव हुने, रिंगटा लाग्ने, मुड स्विङ्ग हुने जस्ता समस्या महिलाहरुले महिनावारीका बेला खेपिरहेका हुन्छन् ।

प्रत्येक महिना दोहोरिने यस समस्याबाट छुटकारा पाउनका लागि महिलाहरुले अनेकौं उपाय अपनाइ रहेका हुन्छन् । यद्यपि ती समस्याबाट पूर्ण रुपमा छुटकारा पाउन सकिरहेका हुँदैनन् । महिनावारीको समयमा देखिने यस्ता समस्याका कारण महिलाको हर्माेन गडबढी, वशांणुगत एवम् शारीरिक संरचना मात्र नभई जीवनशैलीले गर्दा पनि यस्ता समस्या दोहोरिने केही अध्ययनले देखाउँछ ।

न्युट्रिसनिस्ट गेबी भेका फ्लोर्सले गरेको एक अध्ययनले करिव ८० प्रतिशत महिलामा महिनावारी सम्बन्धि समस्या रहेको छ भने तीमध्ये झण्डै आधाभन्दा धेरैले उक्त समस्या कम गराउन औषधिको सहरा लिने गरेका छन्े । यसरी प्रत्येक मासिकचक्रमा कुनै न कुनै रुपमा देखिने यस्तो समस्या अधिकांशको जीवनशैली र खानपिनसँग सम्बन्धित रहेको भेका फ्लोर्स बताउँछिन् । ‘अधिकांश महिलाले उचित पोषणयुक्त आहारको सेवन गर्नुपर्छ,’ उनी भन्छिन्, ‘खाएको खाना शरीरमा राम्ररी पचाउनका लागि हामी शारीरिक रुपमा पनि उत्तिकै सक्रिय रहनुपर्छ । जसका लागि नियमित शारीरिक व्यायाम वा योगा गर्नुपर्छ ।’

महिनावारीका बेला हुने समस्याबाट छुटकारा पाउन के गर्ने ?

सौफ

महिनावारीमा हुने पीडालाई कम गर्न सौफलाई अत्यन्त प्रभावकारी मानिन्छ । अध्ययनका अनुसार, यसले प्रोस्टाग्लैण्डिनकोरको रक्तप्रवाहलाई सहज बनाउँछ । जसले दुखाईलाई कम गराउँछ । यसका लागि मासिक चक्रका क्रममा पिडा भएका महिलाले दिनको चारपटकसम्म यसको केहि मात्राको प्रयोग गर्नुपर्छ ।

अदुवा

अदुवामा रोग प्रतिरोधात्मक क्षमतासँगै दुखाईलाई कम गराउने शक्ति पनि हुन्छ । सन् २०१५ मा भएका करिव १५ अध्ययनको समिक्षाले पनि अदुवामा महिनावारीको पिडालाई कम गराउने क्षमता रहेको पुष्टि गरेको छ । यसका लागि महिलाले अदुवा मिश्रित चियाको सेवन गर्न सक्छन् ।

एभोकाडो

एभोकाडोलाई म्याग्नेसियम र भिटामिन बी–६ को मुख्य स्रोत मानिन्छ । यी पोषक तत्वलाई पीडा कम गराउने गतिलो तत्वको रुपमा लिइन्छ । महिनावारीको पीडा कम गराउन एभोकाडोलाई सलादको रुपमा प्रयोग गर्न सकिन्छ भने यसको तेललाई खानामा पनि प्रयोग गर्न सकिन्छ ।

पोटासियमयुक्त आहारको सेवन

सन् २०१३ को एक अध्ययनले पोटोसियमको प्रयोग कम गर्ने महिलामा बढि पीडा हुने तथ्य सार्वजनिक गरेको थियो । दैनिक रुपमा पोटासियमको उपभोग गर्ने महिलामा महिनावारीको पीडा कम हुने गर्छ । यसकारण पनि प्रत्येक महिलाले दैनिक रुपमा केरा, सुन्तला, किवी तथा कटहरजस्ता पोटासियमयुक्त खानाको प्रयोग गर्नुपर्छ ।

एजेन्सी ।

 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ