×
२०७७ मंसीर ८, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठजनस्वास्थ्यआकस्मिक दुर्घटनामा प्राथमिक उपचारले पनि बच्नसक्छ विरामीको ज्यान : डा. सुभाष लाल कर्ण

आकस्मिक दुर्घटनामा प्राथमिक उपचारले पनि बच्नसक्छ विरामीको ज्यान : डा. सुभाष लाल कर्ण


मानव जीवनमा हुने सानो वा ठूलो कुनै पनि किसिमको दुर्घटनाले व्यक्तिमा अल्पकालीन वा दिर्घकालीन समस्या निम्त्याउने गर्छ । जसकारण शारीरिक दुर्बलता, विकृति र अपाङ्गता हुने वा सरल एवम् सहज कार्य गर्न कुशलताको क्षमतामा हृास ल्याउन सक्नेजस्ता सम्भावना उच्च रहन्छ ।

वर्तमान परिवेशमा मृत्यु हुनुका विभिन्न कारणमध्ये दुर्घटनालाई पनि एक प्रमुख कारणको रुपमा लिइएको छ । यस्तै, दुर्घटनामा परेका ५० प्रतिशत व्यक्तिको मृत्यु दुर्घटना परेको १ घन्टाको अवधिभित्र नै हुने गरेको पाइएको छ । अर्थात्, अर्काे सरल भाषामा भन्नुपर्दा, दुर्घटनामा परेका व्यक्तिको उपचार गर्ने उपयुक्त समय भनेको १ घन्टाभित्र नै हो । तर, दुर्भाग्यवश नेपालका ग्रामीण भेगमा दुर्घटना भएका अधिकांश केसहरुमा घाइतेलाई समयमै उपचार वा स्वास्थ्य केन्द्र पु¥याउन नसकिएको अवस्थामा उनीहरुले अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ हामीमाझ प्रशस्त छन् ।

तसर्थ, कुनैपनि दुर्घटनामा परेका व्यक्तिलाई कम्तिमा पनि समयमै प्राथमिक उपचार दिन सकियो भने एक सामान्यले व्यक्तिले सो दुर्घटनामा परेका व्यक्तिको ज्यान बचाउन सक्नुका साथै उनीहरुमा देखिने दिर्घकालीन समस्याबाट समेत बचाउन सकिन्छ । अर्थात्, दुर्घटनामा परेका कुनै पनि घाइतेलाई प्राथमिक उपचार प्रदान गर्नका लागि चिकित्सककै आवश्यकता पर्दैन । यो दक्ष जनशक्ति देखि जुनसुकै व्यक्तिले पनि गर्न सकिन्छ ।

नेपालको परिवेशमा भन्नुपर्दा बाढि पहिरोपछि अधिकांश दुर्घटना सडक वा उचाईबाट खसेर हुने गरेको पाइएको छ । अझ, हाल दशैंको माहोल पनि चलेको सन्दर्भमा भन्नुपर्दा, यस समयमा अधिकांश व्यक्तिहरु पर्वका लागि भनी उपत्यका बाहिरिने(गाउँ फर्किने)गर्छन् । र, क्षमताभन्दा बढि यात्रु बोक्ने वाहक, लगातार ड्युटी गर्ने चालक एवम् साघुँरो बाटोजस्ता विभिन्न कारणवश् यसै समयमा अधिकांश सडक दुर्घटनाका खबरहरु पनि बाहिरिने गर्छन् ।

यस्तै, पिङबाट लड्ने वा भिरबाट खसेका घटना पनि उत्तिकै सुनिन्छन् । यसका साथै आगजनीका घटना पनि नेपालमा सुनिरहने दुर्घटनामध्ये एक हो । यस्ता अधिकांश केसहरुमा दुर्घटनामा परेका व्यक्तिलाई समयमै उपचार केन्द्र लैजान सम्भव हुदैन ।

तसर्थ, यसबीच उनीहरुमा देखिने नकरात्मक असरलाई कम गर्दै उनीहरुको ज्यान बचाउन जोसुकै व्यक्तिले पनि अपनाउन सकिने उपायलाई चिकित्सा क्षेत्रअन्र्तगत निम्न २ भागमा विभाजित गरिएको छः

१. घटनास्थलदेखि स्वास्थ्य केन्द्र वा संस्थासम्म पु¥याउदा दिइने उपचार(प्रि–हस्पिटल केयर)।

२. स्वास्थ्य संस्थामा दिइने उपचार(हस्पिटल फेज)।

स्वास्थ्य संस्थामा दिइने उपचारमा चिकित्सक एवम् दक्ष जनशक्ति हुने भएकाले यस क्षेत्रमा खासै अन्य व्यक्तिमा आवश्यकता नहुन सक्छ । यद्यपि अस्पतल वा स्वास्थ्य संस्था लैजानु पूर्व प्रि–हस्पिटलको मुख्य उद्देश्य भनेको उचित समय र स्थानमा प्रेषण गर्नु हो । बाहिरका अन्य मुलुकमा प्रि–हस्पिटलको प्रणाली भएता पनि नेपालमा भने या सेवा उपलब्ध रहेको पाइदैन । यसअन्र्तगत दक्ष जनशक्तिको उपस्थित र स्रोत साधनको माध्यम एवम् प्रयोगबाट घाइतेलाई स्वास्थ्य संस्थासम्म प्रेषण गरिन्छ ।

यद्यपि अघि उल्लेख गरेजस्तै हाम्रो देशमा यो सेवा विस्तार भई नसकेको कारण अधिकांश दुर्घटना क्षेत्रमा सुरक्षाकर्मी, स्थानिय बासिन्दा, आफन्त एवम् साथीभाइहरु रहेका हुन्छन् । तसर्थ, ती व्यक्तिहरुले दुर्घटनाका कारण घाइतेमा हुने जोखिम कम गराउन निम्न पक्षमा विशेष ध्यान दिनुपर्छः

प्रि–हस्पिटलमा गर्नुपर्ने मुख्य कामहरु :

१.  बिरामीको उद्दार

  • यदि दुर्घटनामा परेका घाइतेले हेल्मेट दुई लगाएको भए दुईजना मिलेर घाइतेलाई दखल नपर्ने गरी हेल्मेट खोल्दिने । यसका लागि स्थानिय प्रशासन, बासिन्दा वा सुरक्षाकर्मी जोसुकैको पनि मद्दत लिन सकिन्छ ।
  • घटनास्थल आगजनी एवम् धरापमा भएको कठिन भौगोलिक स्थल भए सर्वप्रथम आफू पनि विशेष सावधानी अपनाउदै घाइतेलाई सुरक्षित स्थानमा ल्याउने ।
  •  घाइतेको अवस्था र संख्याको आधारमा आवश्यक एम्बुलेन्स र प्रेषण गर्नुपर्नेस्वास्थ्य संस्थालाई पुर्व जानकारी गराउने ।

२. घाइतेलाई स्थिर बनाउने

  • तालिम प्राप्त स्वास्थ्यकर्मी वा जनशक्ति छन् भने, घाइतेहरुलाई चोटको गम्भीरताको आधार र उपलब्ध उपचारका आधारमा घाइतेलाई जटिल र सामान्यमा वर्गीकरण गर्ने ।(फिल्ड ट्रिएज-रेड, एल्लो र ग्रीन जोनमा) ।

 

  • तालिम प्राप्त व्यक्ति नभएको अवस्थामा श्वासप्रश्वासमा कठिनाई भएको, बेहोश भएको वा जवाफ दिन नसक्ने अवस्था भएको, अत्याधिक रक्रश्राव भएको, घाउ भएको, घाइते गम्भीर अवस्था वा कस्तो अवस्थाका हुन् भनी बुझ्नुपर्छ । त्यस्तै दुई वा सोभन्दा बढि शरीरको भागमा चोट लागेमा त्यो गम्भीर चोट वा अवस्था भनी बुझ्नुपर्छ ।

 

  • अत्याधिक र सक्रिय रक्तश्राव भइरहेको बाह्य घाउहरुमा उपलब्ध भएको स्टेराइल ब्यान्डेज वा नभए सफा कपडाले केहि दबाब सहित पट्टि बाध्नुपर्छ हाँतखुट्टा भाँचिएको वा हुनसक्ने देखिए चोट लागेको भागको एउटा जोर्नी माथि र एउटा जोर्नी तल चल्न नदिने गरीकाम्रोले बेर्नुपर्छ । उदाहरणका लागिः खुट्टा भाँचिको घुँडा(एन्कल)को जोर्नीलाई चल्न नदिने बनाउनुपर्छ ।
  • काम्रो वा पट्टि लगाउदा अथवा बाध्ँदा चोट नै कस्सिने गरी बाँध्नु हुदैन । अन्यथा, रक्त सञ्चालनमा बाधा पुगन गई हातखुट्ट काट्नुपर्ने अवस्था समेत सिर्जित हुने सम्भावना रहन्छ ।
  • घाइतेलाई सुताएर राख्ने, चल्न नदिने गर्नुपर्छ ।  यसरी राख्दा गर्धनलाई स्थिर पार्न पर्छ । उपलब्ध भए सर्भिकल कोलार)गर्धन अड्याउने मेडिकल सामाग्री) वा नभए गर्धनको दुवैतिर स्याण्ड ब्याक वा इँट राख्ने । यसले श्वासनलीलाइृ सहज पार्न र गर्धनको हड्डि(सर्भिकल स्पाइन)लाई गम्भीर चोटबाट बचाउन मद्दत गर्छ ।
  • मेरुदण्डमा चोट परेको बिरामीलाई चल्न दिएमा पक्षघात हुने सम्भावना रहन्छ । यता बिरामीलाई एउटा कडा खालको फराकिलो स्थान  वा स्ट्रेचरमा राख्नुपर्छ र चल्न दिनु हुदैन ।

प्रेषण

  • घाइतेलाई स्ट्रेचरमा राख्दा, स्ट्रेचरबाट एम्बुलेन्समा सार्दा वा निकाल्दा सकेसम्म हलचल गर्न दिनुहुदैन ।
  •  यसरी राख्दा सिधा सुताएर टाउको, शरीर, कम्मर र हातखुट्टा एकै रेखामा हुनुपर्छ ।
  •  एम्बुलेन्सको संख्या अपुग भएमा गम्भीर प्रकृतिका घाइते जसलाई तुरुन्त उपचारबाट ज्यान जोगाउन सकिने समूहलाई प्राथमिकता दिनुपर्छ ।
  • एम्बुलेन्स अक्सिजन उपलब्ध हुनुपर्छ । जुन आवश्यक घाइतेलाई दिन सकियोस् ।

यस्ता सामान्य पक्षमा ध्यान दिन सकिएमा मात्रै पनि अधिकांश घाइते तथा दुर्घटनामा परेका व्यक्तिको ज्यान जोगाउन एवम् उनीहरुमा भएका शारीरिक विकृतिका जोखिमलाई कम गर्न सकिन्छ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस