२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यटुसा उम्रेका गेडागुडी नियमित खानाले शरीरलाई पुग्छ यस्तो फाइदा

टुसा उम्रेका गेडागुडी नियमित खानाले शरीरलाई पुग्छ यस्तो फाइदा


सामान्यतयाः नेपालीहरु जनैपुर्णिमाको अवसरमा मात्रै टुसा उमारेको गेडागुडी खाने गर्छन् । पानीमा भिजाएर आवश्यक तापमानमा राखेपछि टुसा उमारेर घरमै सजिलै तयार गर्न सकिने यस्ता आहारलाई अंग्रेजी भाषामा ‘स्प्राउट्स’ भनिन्छ ।

यसरी तयार पारिएको आहार स्वादिष्टसंगै स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै स्वस्थकर एवम् गुणकारी मानिन्छ । यद्यपि गेडागुडि मात्रै नभई अनाज, तरकारी एवम् नट्स(काजु, पेस्ताहरुको मिश्रण) लाई पनि हामीले स्प्राउट्सको रुपमा तयार गरेर यसबाट पनि फाइदा लिन सकिन्छ । गुणकारी भनिने स्प्राउट्स वास्तवमै गुणकारी हुन्छ ।

टुसा उमारेको गेडागुडी खानुको फाइदा

१. उच्च प्रोटिन युक्त आहार

२. भिटामिन सी, के एवम् फोलेट, म्याग्नेसियम तथा फस्फोरसजस्ता खनिजले भरिपूर्ण

३. एन्टि न्युट्रिशनको मात्रालाई घटाउँदै न्युट्रिशनको मात्रामा वृद्धि

४. फाइबरका कारण पाचन शक्तिमा वृद्धि

५. मधुमेहको मात्रामा नियन्त्रण

६. स्वस्थ मुटुको निम्ति लाभदायक ।

कसरी प्रयोग गर्ने त ?

यसको प्रयोग हामीले आफ्नो इच्छाअनुसार जसरी पनि गर्न सक्छौं । जस्तै, सलाद, सुप, क्वाँटी, प्यानकेक वा चट्नीको रुपमा । तर, लाभदायक छ भन्दैमा शरीरको क्षमता र आवश्यकताभन्दा बढी खानु हुँदैन । जसले अपच गराउनुका साथै शरीरमा अन्य विभिन्न समस्याहरु उत्पन्न गराउने सम्भावना उच्च रहन्छ । त्यसैले यस्ता वस्तुहरुको प्रयोग शरीरको आवश्यकता एवम् क्षमताअनुसार गर्नुपर्छ । उसो कति खाने त ? एउटा वयस्क व्यक्तिलाई स्वस्थ रहन लागि १ देखि २ मुठ्ठी टुसा उम्रेका गेडागुडी नियमित खानु पर्याप्त हुन्छ ।

गेडागुडीको ‘स्प्राउट्स’ तयार पार्ने विधि

१. राम्ररी सफा पानीले पखालेको गेडागुडिलाई ८ देखि १२ घन्टासम्म भिजाएर राख्ने

२. यसरी भिजाएर राखेको गेडागुडीलाई पखाल्ने ताकि यसले गेडागुडिको बाहिरी भागमा रहेका पातलो लेयर (बोक्रा) हटाउन मद्धत गर्छ । यसपछि उक्त गेडागुडीलाई सफा भिजेको कपडाले राम्ररी बेरेर कुनै भाँडामा हालेर चिसो ठाउँमा राख्ने ।

३. गेडागुडिमा राम्ररी टुसा उमार्नका लागि सो गेडागुडीलाई कपडासँगै दिनको दुईपटकसम्म धुने ।

४. उचित तापमान मिलेपछि सो गेडागुडिमा ४–५ दिनाभत्रै राम्ररी टुसा उम्रिन्छ ।

५. यसरी तयार पारिएको गेडागुडिको स्प्राउट्सलाई राम्ररी धोएर प्रयोग गर्न सकिन्छ भने, इच्छा अनुरुप १ वा २ दिनसम्म फ्रिजमा राखेर यसलाई खान सकिन्छ ।

प्रस्तुतीः सृजना मगर ।

 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ