२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबाल मस्तिष्क पक्षघातका कारण, जोखिम र उपचार

बाल मस्तिष्क पक्षघातका कारण, जोखिम र उपचार


बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी ) भनेको के हो ?

यो रोग बच्चाहरु आमाको पेटमा हुँदा, जन्मिदावाजन्मेपछि केहीकारणले मस्तिष्क (दिमाग)का केही भागमाचोट पर्न गएमा मस्तिष्कमा हुने असरलाई नै बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) भनिन्छ ।

यो प्रायःजसो बच्चा जन्मिदा खेरी बच्चाहरु नरोएर, श्वास नफेरेर जुन कारणले बच्चाहरुको मस्तिष्कमा अक्सिजन नगएर जुन असर गर्छ, त्यसलाई बालमस्तिष्क पक्षघात भन्छौं । यो केही केसहरुमा बच्चा जन्मिदा वा जन्मेपछि पनि हुनसक्छ । बालमस्तिष्क पक्षघात बच्चाहरुमा हुने जन्डिस, आमाको पेटमा हुने संक्रमणका कारण र बच्चाको ठाउँको चोटपटक लागेर हुन्छ ।

यो रोग कति प्रकारको हुन्छ ?

यो रोग ४ प्रकारको हुन्छ ।

१. स्पास्टिक सेरेब्रल पाल्सी :-  यो समस्या भएको बच्चाहरुको हातखुट्टा कडा हुनेहुन्छ ।

२. डिस्काइनेटिक सेरेब्रल पाल्सी :-  यसमा बच्चालाई शरीरका चालहरु नियन्त्रण गर्न गाह्रो हुन्छ ।

३. हाइपोटोनिक सेरेब्रल पाल्सी :- यो समस्या भएका बच्चाहरुको हातखुट्टा तथा जिउ लुलो हुन्छ ।

४. मिश्रित सेरेब्रल पाल्सी :- उक्त पाल्सी भएका बच्चाहरुमा विभिन्न किसिमका शारीरिक समस्याहरु हुन्छन् । यसलाई सहजीकरण गर्न शरीरका कुनै भाग चल्ने र नचल्ने आधारमा वर्गीकरण गरिएको छ ।

१. एकतर्फी सेरेब्रल पाल्सी :-यस पक्षघातमा शरीरको एउटा भाग नचल्ने वा कम चल्ने हुन्छ ।

२. द्विपक्षीय सेरेब्रल पाल्सी :- यसमा शरीरको दुवै भाग नचल्ने वा कम चल्ने हुन्छ ।

३. डिप्लेजिक सेरेब्रल पाल्सी :- यसमा शरीरको कम्मर मुनिको भाग नचल्ने वा कमचल्ने हुन्छ ।

यो रोगका जोखिमहरु के—के छन् ?

यो मस्तिष्क पक्षघात दिमागको कुनै एउटा भागमा अक्सिजन नपुगेको कारणले काम गरेको हुँदैन । जुन दिमागमा असर परेको छ, त्यो त्यस्तै नै रहिरहन्छ । तर, त्यसकारण कालान्तरमा बच्चामा विभिन्न खाले समस्याहरु आउन सक्छन्। जस्तोः साधारण बच्चा जन्मिसकेपछि ३ महिनाको समयमा टाउँको ठड्याउन सक्छ, ६ महिनाको हुँदा बस्न सक्छ,९ महिनाको हुदाँखेरी बामे सर्न थाल्छ । धेरै बच्चाहरु १ वर्षको हुँदा हिड्ने सक्ने हु्न्छ । तर मस्तिष्क पक्षघात  भएका बच्चाहरुको शरीरिक विकासमा असर परेका कारण ३ महिनामा गर्नुपर्ने चिज ६ महिना १ वर्षसम्म नगरेको पनि हुन सक्छ ।

जब बच्चा शारीरिक कसरतको माध्यमबाट ठिक हुन्छ जान्छ, तब कालान्तरमा समस्याहरु परिवर्तन हुँदै जान्छन् । टाउँकोमा भएको समस्या सधैँ एकै नासको रहे पनि १ वर्षको बच्चालाई उभिनको लागि समस्या हुन सक्छ । जब बच्चा हिड्न सुरु गर्छ, हिडाइमा अलि फरक किसमले हिडेको जस्तो देखिने समस्याहरु हुन सक्छ । जब बच्चा स्कुल जाने उमेर हुन्छ, कलम समाउने समस्या हुनसक्छ । बसमा चढ्न समस्या हुन सक्छ । त्यसकारण यसका समस्याहरु उमेरको हिसाबले र विकासका हिसाबले फरक–फरक उमेरमा फरक–फरक समस्याहरु देखिन्छन् ।

बाल मस्तिष्कघात के कारणले हुन्छ ?

बच्चाआमाको गर्भमा रहने बेलासम्मबच्चाले आफै श्वास फेरेको हुँदैन ।उसको मुटुले काम गरेको भएता पनि बच्चाको फोक्सोले अक्सिजन लिइरहेको हुँदैन । जब बच्चा जन्मिन्छ, बाहिर दुनियाँमा आउँछ त्यसपछि बच्चाले आफै श्वास फेरेर आफ्नो जीवनआफै चलाउँछ । जब कुनै कारणले बच्चाले जन्मेपछि अक्सिजन लिन ढिला भयो अथवा अवरोध भयो यस्तो समस्या देखिन्छ । बच्चा जन्मिँदा बच्चा रोयो कि रोएन भनेर सबै ठाउँमा सोध्छन्,त्यसैले बच्चा रुनु भनेको श्वासलिन सुरु गर्नु हो । श्वास लिन केही मिनेट केहीअवरोध भयो भने बाल मस्तिष्क घात हुन सम्भावना रहन्छ । यसमा मस्तिष्कमा अक्सिजन नपुगेर केही भाग नचल्ने हुन्छ, अक्सिजन के कारण नपुग्ने भन्ने कुरा थाहा भएको छैन । तर, केही केसहरुमाबच्चा जब हिड्न सक्ने हुन्छ तब लड्ने, टाउँको ठोक्किने हुन्छ । स–सानाबच्चाहरुको टाउको ठोक्किएर मस्तिष्कले राम्रोसँग कामगर्दैन भने त्यस्तो अवस्थामाबाल मस्तिष्कघात हुन्छ ।

यो रोगको उपचार तथा रोकथाम के छ ?

अहिलेसम्म विकास भएको मेडिकल विज्ञानले बाल मस्तिष्कघातको उपचार पत्ता लगाउन सकेको छैन । कुनै पनि सर्जरीले १०० प्रतिशत ठिक गराएको आजको दिनसम्म रेकर्ड छैन । तर, बाल मस्तिष्कघात भएको बच्चालाई उपचार नगराउने भन्ने हुँदैन । बाल मस्तिष्कघात भइसकेपछि त्यसको कारणले शरीरमा समस्याहरु आउने, बच्चाहरुको विकास आउने अवरोधहरु आउँछ, त्यो अवरोधहरुलाई पार गर्नका लागि उपचार गरिन्छ । जसमा सुन्ने शक्ति, बोल्ने शक्तिदेखि लिएर बच्चाको अरु कुराहरुमा पनि समस्याहुन सक्छ । त्यसकारण समस्याहरु हेरेर ती सबै समस्याबाट बच्चालाई सहजीकरणतर्फ कसरी लग्न सकिन्छ । भोलिको दिनमा गएर बाल मस्तिष्कघात भएको बच्चा र अरु बच्चालाई कसरी एउटै कक्षामा राखेर पढाउन सकिन्छ, उसलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने तिर केन्द्रित भएर यसको उपचार गरिन्छ ।

बाल मस्तिष्कघात भएको बच्चाको मुख्यउपचार भनेको फिजियोथेरापी नै हो । बोल्नन सक्ने बच्चाहरुको लागि स्पीच थेरापीनै हो । त्यसकारण बाल मस्तिष्कघात निको गर्न नै उपचार गरिदैन ।  बाल मस्तिष्कघात भएर शारीरीक तथा मानसिक विकासमा जुन अवरोध आउँछ ती अवरोधलाई हटाएर बच्चालाई आत्मनिर्भर बनाउन र सकेसम्म बच्चाको स्थितीले भ्याएसम्म नर्मल अवस्थामा ल्याउन विभिन्न औषधिहरु चलाउने र शारीरिक कसरतहरु गर्ने नै यसको मुख्य उपचार हो ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ