२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ?

किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ?


नेपालमा ग्यास्ट्रिकको समस्या नहुने नागरिक कमै भेटिन्छन् । कतिपयले यसलाई सामान्य रुपमा लिन्छन् । त्यही गल्तिले गर्दा ग्यास्ट्रिकले कालान्तरमा स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्न सक्छ । ग्यास्ट्रिकलाई हेलचेक्राइँ गर्दा पेटमा अल्सर हुन्छ । पेटको अल्सर भन्नाले पेटमा घाउ हुने भन्ने बुझिन्छ । पेटको अल्सरलाई पेप्टिक वा ग्यास्ट्रिक अल्सरसमेत भनिन्छ ।

पेटको भित्री भाग, भोजन नली तथा सानो आन्द्रामा अल्सरको विकास हुन्छ । त्यसैले अल्सरलाई तीन भागमा विभाजन गरिन्छ । पेटमा हुने ग्यास्ट्रिक अल्सर, भोजन नलीमा हुने एसोफेगस अल्सर र सानो आन्द्रामा हुने डुडेनल अल्सर यसका प्रकार हुन् ।

अल्सर विशेषगरी गलत खानपानका कारण हुन्छ । सामान्यतया, खाना पचाउने एसिडको मात्रा बढी भइ आमाशयको भित्तालाई असर गरेमा अल्सर हुने गर्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउनुका साथै पेट सम्बन्धी अन्य समस्या सिर्जना गर्छ ।

अल्सर हुने कारण

– खानपानमा गडबडी

– धूम्रपान तथा मद्यपान सेवन

– अत्याधिक औषधिको प्रयोग

– मानसिक तनाव

– जीवाणुको संक्रमण

– वंशाणुगत

अल्सरका लक्षण

– बारम्बार डकार आउने

— पेट पोल्ने

— अमिलो पानी आउने

— पेट फुल्ने अथवा सुन्निने

— छाती तथा शरीर दुख्ने वा पोल्ने

— खानेकुरा अपच हुने

— दिशामा रगत देखिने

— रगत बान्ता हुने

— तौल घट्ने

— खानामा अरुची हुने

अल्सर भएको कसरी थाहा पाउने ?

धेरैजसो अल्सर लक्षणबाट थाहा पाउन सकिन्छ । मुखबाट पाइप छिराएर भोजन नली, आमाशय र आन्द्राको माथिल्लो भागको अल्सर पत्ता लगाउन सकिन्छ । हेलिकोव्याक्टर पाइलोरीको जाँच स्वास्थ्य संस्थामा उपलब्ध हुन्छ ।

अल्सरबाट बच्ने उपाय 

अल्सर हुने बिरामीले खानपानमा ध्यान पु¥याउनु पर्छ । पेट खाली हुन नदिन समय–समयमा खाना खाइरहनु पर्छ ।
यस बाहेक नियमित सादा भोजन गर्न आवश्यक छ । सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्धत मिल्छ । बन्दा, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टी , बेसार मिसाएको दुध आदि एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खानु राम्रो हुन्छ । यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ ।

अस्पतालमा औषधिबाट यसको उपचार सम्भव छ । पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स, पीपीआई जस्ता औषधि पनि दिइन्छ । हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर औषधि उपचारबाट ठीक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन भने यो खतरनाक हुन्छ । अल्सर बिग्रदँै गएर रगत बग्ने, प्वाल पर्ने, क्यान्सर हुने र अन्त्यमा बिरामीको मृत्युसम्म हुन सक्छ ।

प्रस्तुतिः  पदम राज भट्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ