२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययसकारण दुख्छ छाती

यसकारण दुख्छ छाती


अधिकांश मानिसहरु छाती दुखेपछि मुटु सम्बन्धित रोग लागेको होकी भनेर डराउने गर्छन। तर सधैँ मुटुरोगले मात्र छाती दुख्छ भन्ने हुँदैन । मुटुरोगको शंका गरी चिन्तित हुनु अघि पहिला छातीको दुखाइबारे राम्ररी बुझ्नुपर्छ।

किनभने, ९० प्रतिशतभन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसँग सम्बन्धित हुँदैन । दुखाइको प्रकृति मुटुरोगसँग सम्बन्धित भएको शंका लागे तत्काल अस्पताल गइहाल्नुपर्छ । यदि हृदयघातका कारण छाती दुखेको हो भने १ मिनेट पनि समय खेर फाल्नु हुँदैन । तर, अन्य खालको दुखाइ हो भने योजना बनाएर चिकित्सकलाई भेट्नुपर्छ ।

छाती दुखेको यसरी थाहाँ पाउ

छाती दुख्ने कारण

हाम्रो छातीमा मुटु र फोक्सो प्रमुख दुई अंग हुन्छन् । छाती दुखेमा यी दुई कारणले दुखेको हो वा होइन राम्ररी सोच्नुपर्छ । छातीको बनावटअनुसार, हड्डी, मांसपेशी, नसा र छालाको पनि भूमिका हुनेहुँदा ती अंगको समस्याले पनि छाती दुख्न सक्छ । बहिरंग सेवामा आउने अधिकांश छातीदुखाइका बिरामी यिनै समस्या लिएर आउने गरेका छन् । तर, आकस्मिक कक्षमा आएका बिरामीको भने पहिले मुटु र फोक्सो नै जँचाउनु उचित हुन्छ । त्यसले उनीहरू हृदयाघातले आएका हो/होइन निश्चित गर्नुपर्छ ।

मुटुको दुखाइ

  • छातीको बीच भाग वा दायाँबायाँ एकनासले दुख्ने वा दबाब महसुस हुन्छ वा पोल्ने हुनसक्छ ।
  • दुखाइको तीव्रता कम वा बढी हुनसक्छ ।
  • दुखाइसँगसँगै पसिना आउने, बान्ता हुन खोज्ने, धड्कन बढ्ने, डर लाग्ने र कमजोर हुनेजस्ता लक्षण देखिएमा हृदयाघात हुनसक्छ ।
  • हृदयाघातमा छातीको दुखाइ देब्रेहात, घाँटी, दाँत वा पिठ्युँमा पनि सर्न सक्छ ।
  • धूमपान, गर्ने, मधुमेह, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल भएकाहरूले बढी सावधानी अपनाउनुपर्छ ।

फोक्सोको दुखाइ

  • लामो श्वास लिँदा वा फेर्दा छातीको एकातिर (दायाँ/बायाँ) करङमा चसक्क दुख्ने ।
  • दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ ।
  • फोक्सोमा समस्या हुँदा स्वाँस्वाँ हुने र ज्वरो आउने पनि हुनसक्छ ।
  • निमोनियाका कारण पनि फोक्सोको दुखाइ हुन्छ ।
  • यस्तो समस्या भएमा जनरल फिजिसियन वा छातीरोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ

मांसपेशी र हड्डी दुख्ने कारणहरु

  • छातीको दायाँ भाग, पछाडि वा छेउतिर करङमा दुख्यो भने त्यो मांसपेशी वा हड्डीको कारण
    हुनसक्छ ।
  • यो भागमा दुख्दा मुटुको समस्या हुने सम्भावना कम हुन्छ ।
  • हातले छाम्दा, श्वास फेर्दा पनि दुख्ने हुन्छ ।
  • छातीको घुमाइसँगै दुखाइमा परिवर्तन आए मांसपेशी र हड्डीको दुखाइ हुनसक्छ ।
  • यस्तो समस्यामा हाडजोर्नी विशेषज्ञको सल्लाह लिँदा राम्रो हुन्छ ।

(मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको पुस्तकबाट साभार)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ