२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ?

चिसोमा टन्सिल र पिनास किन हुन्छ ? कसरी बच्न सकिन्छ ?


गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा मौसमको परिवतर्नसँगसँगै वातावरणमा ब्याक्टेरिया भाइरसहरू धेरै हुने गर्छन् । विशेषगरी जाडो महिनामा भाइरल इन्फेक्सन धेरै हुन्छ । र, संक्रमण बढ्छ । साथै इम्युनिटी लो हुनेलाई भाइरल इन्फेक्सन हुने गर्छ ।

टन्सिल ७० प्रतिशत भाइरसले गराउँछ भने बाँकी ३० प्रतिशत ब्याक्टेरिया टन्सिल हुने गर्छ । चिसो खानपानले गर्दा बिरामीलाई चिसोको एलर्जी हुने गर्छ । त्यसका साथै पिनास हुने गर्छ । प्रदुषणले गर्दा पनि पिनास हुने गर्छ । टन्सिल हुनेलाई पिनास नहुन पनि सक्छ । तर, जाडो मौसममा पिनास र टन्सिल धेरैजसो मानिसहरुमा देखिने समस्या हो ।

पिनास
पिनासले जाडो मौसममा धेरै नै दुःख दिन्छ । रुघाखोकी लाग्दा केही नभएको भनी लापरवाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धूलोधुवाँ, नाकमा हुने संक्रमण, विभिन्न किसिमका एलर्जीहरू, नाकभित्रको हड्डी बांङ्गिनु, नाकभित्र मासु पलाउनु पनि पिनास हुनुका कारण हुन सक्छन् ।

पिनासका लक्षणहरु

  • नाक बन्द हुने
  • सिँगान धेरै आउने
  • खोकी लाग्ने
  • टाउको दुख्ने
  • मुखको वरपर दुख्ने

यसका साथै अरु केही लक्षणहरु पनि पिनास हुँदा देखिन्छन् ।

सावधानी अपनाउने ?

  • तातो दुध र वेसार सर्वोत्तम औषधी हो ।
  • आराम गर्ने ।
  • चिसोबाट जोगिने
  • चिसो नपिउने
  • प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस) आदि सेवन गर्ने ।

टन्सिल
जाडो मौसम सुरु भइसकेपछि मौसमको बदलावसँगै चिसोसँग सम्बन्धित विभिन्न रोगहरूले सताउन सक्छ । रुघाखोकी, ज्वरो मात्र नभएर टन्सिलको समस्याले पनि धेरैलाई पिरोल्ने गर्छ । मौसम परिवर्तनका बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु र बालबालिकालाई टन्सिलले दुःख दिन सक्छ ।

घाँटी दुख्ने, टन्सिल बढ्दै जाने, थुक निल्न गाह्रो हुने, ज्वरो आउने, आलस्य हुने, घाँटीको ग्रन्थीहरु सुनिनेजस्ता लक्षणहरु टन्सिलमा देखिन्छन् ।

जाडोमा कसरी सावधानी अपनाउने ? ।

  • टन्सिल हुँदा तातोपानीले कुल्ला गर्नु सबै भन्दा प्रभावकारी उपाय हो ।
  • बेसार पानी खाने गर्नुपर्छ । बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटीक नै हो ।
  • तुलसी चबाउने गर्नुपर्छ । तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउन र पानीमा उमालेर पिउन पनि सकिन्छ ।
  • चिसो खाने कुरा बन्द गर्नुपर्छ ।
  • चुरोट नखाने ।
  • धुवाँबाट बच्ने ।
  • पौष्टिकयुक्त खाना खाने ।
  • टन्सिल भइरहन्छ भने तातो खाना खाने ।पिनास र टन्सिल स्कुल जाने उमेर भैसकेका बाहिर हिँडडुल गर्ने बच्चाहरुमा हुने गर्छ । पिनास र टन्सिल हुने सम्भावना १८ वर्ष भन्दा माथिकालाई पनि हुन्छ । बच्चा बाहिर हिँडडुल गर्ने र विभिन्न परिकारहरु खान थाल्छन् । जसका कारण बच्चा बाहिर जान थालेपछि रोगको संक्रमण हुने जोखिम बढ्छ ।टन्सिल बर्षको एक दुई पटक हुनु सामान्य हो । तर, टन्सिल वर्षमा ७ पटक वा सोभन्दा धेरै हुन्छ भने त्यस्तो बिरामीलाई एन्टीबायोटिक खाएर रोकथाम हुँदैन । शल्यक्रिया गर्नुपर्ने हुन्छ । सबैलाई टन्सिल निकाल भन्न मिल्दैन् । यदि उसलाई अन्त्यन्तै गाह्रो भैरहेको छ भने अप्रेसन गर्ने सल्लाह दिइन्छ ।त्यस्तै, पिनासमा एक्युट र क्रोनिक भन्ने हुन्छ । ३ महिनाभन्दा कम समयसम्म पिनासका लक्षणहरु देखिरह्यो भने भने त्यसलाई एक्युट भनिन्छ । ३ महिनाभन्दा धेरै समयसम्म पिनासका लक्षणहरु भैरह्यो भने क्रोनिक भनिन्छ छ । क्रोनिक र एक्युट भएकालाई सुरुमा औषधी दिइन्छ । निको नभएको खण्डमा क्रोनिक भएकालाई बिरामीलाई शल्यक्रियाको लागि सल्लाह दिइन्छ । एक्युट भएकालाई थप ट्रिटमेन्ट गरिन्छ ।

टन्सिल बिग्रदा…
१५ वर्षमुनिका बच्चाहरूमा टन्सिल धेरै हुन थाल्यो भने मुटुको रोग पनि हुन सक्छ । यसले मुटुको भल्भमा समस्या हुने गर्छ । मुटु र किड्नीमा पनि असर पर्छ । टन्सिलमा हुने किटाणु किड्नीमा पनि हुने हुँदा त्यसले किड्नीलाई पनि असर गर्छ ।

पिनास बिग्रदा…
पिनास बिग्रियो भने मानिसको दिनचर्यामा एकदमै नराम्रो प्रभाव पारिरहेको हुन्छ । पिनासको समस्याले गर्दा आँखामा पनि समस्या आउने गर्छ । आँखा पाक्ने हुने गर्छ । आँखामा संक्रमण भएर निको नभएपछि विस्तारै दिमागमा पनि संक्रमण हुने गर्छ । समयमा उपचार भएन भने दिमागमा पनि संक्रमण हुने अवस्था आउन सक्छ ।

प्रस्तुतिः भुमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ