२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सर्लाहीका दुई पत्रकार सहित थप चारजनामा कोरोना सङ्क्रमण

सर्लाहीका दुई पत्रकार सहित थप चारजनामा कोरोना सङ्क्रमण


जनकपुर- सर्लाहीमा दुई जना पत्रकार सहित थप चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । सदरमुकाम मलङ्गवाबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा कार्यरत ३० वर्षीया पत्रकार र मलङ्गवाकै एक पत्रिका एवं रेडियोमा कार्यरत २६ वर्षीय पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो ।

केही दिनअघि सदरमुकाम मलङ्गवामा पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्स चालकसहित २९ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पाइएको हो ।

यस्तै जिल्लाको कौडेना गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका २१ र १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कौडेनाबाट स्वाब पठाइएको ४५ जनामध्ये दुई जनामा सङ्क्रमण देखिएको हो । चारै जना सङ्क्रमितलाई मलङ्गवास्थित नर्सिङ्ग कलेजमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।

चार जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्लाहीका अहिलेसम्म ४४ जनामा संक्रमण पुष्टी गरेपनि गोडैता नगरपालिका निवासी एक जनाको अझै पहिचान भएको छैन ।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा मात्रै २५ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सदरमुकाम मलङ्गवामा नौ जना, हरिवन, बाग्मती, कविलासी र हरिपूर्वा नगरपालिका तथा रामनगर गाउँपालिकामा एक ( एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ