२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटका एक संक्रमितको अवस्था विग्रिदै गएपछि थप उपचारका लागि काठमाडौं पठाइयो

रौतहटका एक संक्रमितको अवस्था विग्रिदै गएपछि थप उपचारका लागि काठमाडौं पठाइयो


जनकपुर – रौतहटका एक जना कोरोना संक्रमितको अवस्था विग्रिदै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । राजपुर–९ बैरियाका ४० वर्षे संक्रमित पुरुष मधुमेहका रोगी हुन् ।

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको हो । हिजो साँझ अचानक उनको हातखुटा झमझमाउन थाल्यो, श्वासप्रश्वास पनि समस्या देखिएको र बेचैनी बढेपछि उनलाई काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले बताए ।

संक्रमितलाई वीरगन्ज लाने योजना बनाएका थिए । तर वीरगन्जका चिकित्सकले काठमाडौं लैजान सुझाए पछि काठमाडौं पठाएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख साहले बताए । संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

एक साताअघि भारतबाट गाउँ आएका उनलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएपछि राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डको छुटै कोठामा राखिएको थियो ।

प्रदेश २ कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बारा, करैयामाई गापा ७ का ७० वर्षीय वृद्धको गत जेठ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई निमोनिया लागेको चिकित्सकहरुले बताएका थिए । तर उनको शव जलाइसकेको ९ दिनपछि उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ