२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण

सर्लाहीमा एकैदिनमा १२० जनामा कोरोना संक्रमण


जनकपुर – पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लामा सोमबारको विवरण अनुसार १ सय २० जना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए ।

प्रदेश २ को यो संख्या हालसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेश नम्बर २ मा कुल १ सय ७४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १६ जना महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ