२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नेपाली सेनाद्वारा ल्याइएको स्वास्थ्य सामग्री प्रदेश २ सरकारलाई हस्तान्तरण

नेपाली सेनाद्वारा ल्याइएको स्वास्थ्य सामग्री प्रदेश २ सरकारलाई हस्तान्तरण


जनकपुर – सेनाद्वारा कोभिड १९ को लागि खरिद गरी ल्याइएका स्वास्थ्य सामग्री प्रदेश २ सरकारलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामग्री क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित श्रीनाथ गणको प्रांगनमा शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेश २ का आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम प्रतिकार्य र नियन्त्रणका लागि ‘जी टु जी’ प्रकृयामार्फत खरिद गरी एयरपोर्टको कोभिड १९ केन्द्रिय स्टोरमा दाखिला भएको स्वास्थ्य सामग्रीहरु नेपाली सेनाको टोली द्वारा प्रदेश २ सम्म ढुवानी गरी ल्याइएको अनुसार उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा एन ९५ मास्क १२० थान, सर्जरीकल मास्क १८हजार, ग्लोव १३हजार जोडी, रियुजेबल गमबुट २२ जोड, आईआर थरमोमेटर १५ थान, भाइजर ३६९ थान, गगल्स १८४५ थान, पोलिकार्बोनेट गगल्स २४६थान, गाउन ३४८० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ३१७५ थान, क्याप २२०० थान, बायो हजार्ड ब्याग ३० थान रहेको छ । त्यसैगरी लेभेल-१ अस्पतालको लागि एन-९५ मास्क ३० थान, सर्जरीकल मास्क ६००, ग्लोव ८०० जोडी, रियुजेबल गमबुट १ जोड, आईआर थरमोमेटर १ थान, भाइजर ७० थान, गगल्स १४० थान, पोलिकार्बोनेट गगल्स ७०थान, गाउन ३०० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ३०० थान, क्याप २६० थान, बायो हजार्ड ब्याग ७ थान र शुज कोभर २५० थान रहेको छ ।

त्यस्तै, लेभेल-२ अस्पतालको लागि एन-९५ मास्क २४० थान, सर्जरीकल मास्क ५००, ग्लोव ११०० जोडी, रियुजेबल गमबुट २ जोड, आईआर थरमोमेटर १ थान, भाइजर १०५ थान, गगल्स १०५ थान, पोलिकार्बोनेट गगल्स २१०थान, गाउन ४८० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ ४७५ थान, क्याप ४०० थान, बायो हजार्ड ब्याग ८ थान र शुज कोभर ४०० थान रहेको छ ।

त्यस्तै, प्रदेश आपूर्ति केन्द्रको लागि एन-९५ मास्क १०० थान, सर्जरीकल मास्क १६ हजार थान, ग्लोव ११ हजार जोडी, रियुजेबल गमबुट ३० जोड, आईआर थरमोमेटर ११ थान, भाइजर २४० थान, गगल्स १२०० थान, पोलिकार्बोनेट गगल्स १६०थान, गाउन २३०० थान, डिपोजेबल प्रोटेक्टीभ क्लोथ २१०० थान, क्याप १७०० थान र बायो हजार्ड ब्याग १०० थान रहेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ