२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाको बरियारपट्टीमा नसर्ने रोग बारे अभिमुखिकरण गोष्ठी सम्पन्न

सिरहाको बरियारपट्टीमा नसर्ने रोग बारे अभिमुखिकरण गोष्ठी सम्पन्न


जनकपुर – सिरहाको बरियारपट्टी गाउँपालिकामा एक दिने नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकी बरियारपट्टीको सभा हलमा भएको नसर्ने रोग सम्बन्धि अभिमुखिकरणमा स्वास्थ्य चौकीका प्रमुखहरु, कार्यपालिकाका सदस्य, संचारकर्मी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो   ।

जनस्वास्थ्य कार्यालय सिरहाका अधिकृत सरोज कुमार कर्णले दिएका प्रशिक्षणमा नसर्ने रोगका प्रकार,लक्षण र यसवाट हुने फाइाहरुका बारेमा सहजिकरण गरेका थिए । सहजिकरणमा भने एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवा रोगको खानीका रूपमा परिभाषित गरिन्थ्यो ।

उक्त कार्यक्रममा यस्ता सुझाब दिइएको छ;

अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ । नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान(मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् । अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।

धूम्रपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ । अत्यधिक रक्सी सेवनले कम्तीमा २ सय प्रकारका रोग लाग्ने सम्भावना रहन्छ । त्यस्तै, धूम्रपान गर्दा श्वासप्रश्वास, फोक्साको क्यान्सरलगायत जटिल समस्या देखा पर्छन् ।

– खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । जसबाट दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिन्छ ।

– स्वस्थ रहन कम्तीमा पनि दैनिक आधा घन्टा व्यायाम गर्न जरुरी हुन्छ । नुन कम खान आवश्यक छ । खानामा दैनिक ५ ग्रामभन्दा कम नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

– व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिन सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ