२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २दुई स्वास्थ्यकर्मी सहित सिरहामा ४ जनामा संक्रमण पुष्टि, मिर्चैया नगरमा निषेधाज्ञा

दुई स्वास्थ्यकर्मी सहित सिरहामा ४ जनामा संक्रमण पुष्टि, मिर्चैया नगरमा निषेधाज्ञा


जनकपुर,साउन २२ गते । सिरहामा गएराती थप चार जनामा संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षण अनुसार संक्रमण पुष्टि भएको हो । पुष्टि भएका चारै जना समुदाय स्तरका हुन् । उनीहरुको कुनै ‘ट्राभल्स हिस्ट्री’ छैन ।

मिर्चैया नगरपालिका ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा.नागेन्द्र यादवले बताए ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले आजदेखि साउन ३२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । पेट्रोल पम्प सील गरिएको छ । कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ