२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बन्द भएको न्यूरोको आकस्मिक सेवा सुचारु

बन्द भएको न्यूरोको आकस्मिक सेवा सुचारु


विराटनगर – विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टि स्पेशियालिटी हस्पिटलको आकिस्मक सेवा पुनः संचालनमा आएको छ । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बन्द भएको न्यूरो अस्पतालको आकस्मिक सेवा पूर्ण रूपमा सेनिटाइज गरेपछि बिहीबार रातीदेखि संचालनमा आएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत सेवाग्राहीको कोरोना जाँच गराई अस्पतला पूर्ण रूपामा सेनिटाइज गरेपछि संचालनमा ल्याएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकमा कोरोना देखिएपछि शनिबारबाट अस्पताल सिल गरिएको थियो ।

‘अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीगरी गरि तीन सय भन्दा बढीको कोरोना परिक्षण गरियो,’ उनले भने, ‘संक्रमित देखिएका आइसोलेसनमा बसेका छन् । कोरोना रिपोट नेगेटिभ भएका अस्पताल आएका छन् । अस्पताल फ्यूमिगेसनपछि इमरजेन्सी सेवा सुरु गरेका छौं ।’

अस्पताल निर्मलीकरणपछि बिहीबार साँझ ७ बजेबाट इमरजेन्सी सेवा सुरु गरेको उनले बताए । न्यूरो अस्पतालमा कार्यरत पाँच स्टाफ नर्स, एक डाक्टर र एक विरामी कुरुवालाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित नर्सलाई अस्पतालको आफ्नै आइसोलेशन वार्ड निर्माण गरेर राखिएको भट्टराईले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ