२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २थप एक संक्रमितको मृत्यु

थप एक संक्रमितको मृत्यु


जनकपुर – पर्साको बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्य पश्चात संक्रमण पुष्टि भएको छ ।  महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा आइतवार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए ।

महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको मृत्यु पश्चात कोरोा परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाइएको थियो ।  आज नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको परिक्षण रिपोर्टमा महिलामा कोरोना संक्रमण पुष्टि रहेको पुष्टि भएको छ ।

उच्च रक्तचाप र हाइपोथाइराइडका विरामी महिलालाई कोरोनाको शंकामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको डा. सिंहले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ