२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै


जनकपुर – प्रदेश २ मा कोरोना भाइरसको संक्रमितको संख्या ओरोलो लाग्न थालेको छ । दिनहुँ संक्रमितको संख्या घट्दै गइरहेको छ । आईतवार प्रदेश २ मा ३२ जनामा मात्र कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीमा १० जना, रौतहटमा २ जना, पर्सामा २ जना, बारामा ४ जना, सिरहामा ६ जना, महोत्तरीमा १ जना र धनुषामा ७ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित एकजनाको पहिचान खुल्न सकेका छैन ।

यस्तै, पछिल्लो २४ घण्टामा ६८ जना कोरोना मुक्त भएका छन् । जसमध्ये ५ जना महिला रहेकी छन् । हालसम्म ११ हजार ९२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाले कसैको ज्यान नभएको मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबले वताए । उनका अनुसार हालसम्म यस प्रदेशमा १३८ जनाको मृत्यु भइसकेको वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ