२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २८ कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा सातदिनका लागि बन्द

८ कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा सातदिनका लागि बन्द


जनकपुर -जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारबाट  कार्यालयको सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको बताए । शान्ति सुरक्षा र मुद्दा बाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको प्रजिअ कणेलले बताए ।

प्रजिअ कणेलका अनुसार कार्यालयका ८ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो । त्यस्तै, एक जना प्रशासकीय अधिकृतमा पनि संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असोज २४ गतेसम्म अति अवाश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धोएर वा स्यानिटाइजार प्रयोग गरी सेवा लिन प्रजिअ कणेल आम नागरिकमा अपिल समेत गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ