२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २दर्जनौ चिकित्सकद्धारा धनुषाको मुखियापटीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

दर्जनौ चिकित्सकद्धारा धनुषाको मुखियापटीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

६ सय विरामीले लिए सेवा


जनकपुर – धनुषाको जनकपुर उपमहानगरपालिकास्थित रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड-१९ क्विक रेस्पोन्स टिमले विगत ४ हप्तादेखि सञ्चालन गर्दै आएको निः शुल्क स्वास्थ्य शिविर शनिबार पाचौं हप्ता मुखियापट्टि मुसहरनियामा ६ सय भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् ।

कोरोना संक्रमणको महामारीसँग जुद्धिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले शनिबार मुखियापट्टी मुसहरनियाँ गाउँपालिका ४ स्थित कोल्हुवा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

गएको शनिबार शिविरमा ६ सय भन्दा बढि बिरामीलाई निःशुल्क उपचार गरिएको कोभिड–१९ क्विक रेस्पोन्स टिमका सदस्य दिपक ठाकुरले बताए । स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुलाई उपचार गरिएको उनले उल्लेख गरे ।

बिरामीलाई चेकजाँच गर्नुका साथै औषधीहरु समेत निःशुल्क उपलब्ध गराइएको थियो । निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो ।

उक्त शिविरमा विभिन्न विभागका चिकित्सकहरु डा.एस.के. सिंह, डा.अजय यादव, डा.कृष्णा कुमार यादव, डा.अश्विनी झा, डा. पूर्णप्रताप साह, डा. सज्जन ठाकुर, डा.अमिय साह, डा.अमित यादव, डा.राहुल यादव, डा. अनिल चौधरी, डा. विपिन यादव, डा. हेमन्त शर्मा, डा.कुमार सम्भव, डा. कुशेश्वर यादव, डा. विजय साह, डा. अभजित साह, डा. मेघा साह, डा. मनिषा भारद्धाज, डा. अनिल कुमार साह, डा. राजु साह, डा. रमेश कुमार यादव, डा. रासबिहारी यादव, डा. सुबेश यादव, डा. अनिल कुमार साह तथा पारामेडिक्सहरु सुमन कुमार ठाकुर, घनश्याम झा राजु, छोटुबाबु यादव, संतोष यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, रमेश सिंह, जिवछ साह तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो लगायतका चिकित्सकहरुले बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ