२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २७५० सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) स्थानीय तहलाई हस्तान्तरण

७५० सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) स्थानीय तहलाई हस्तान्तरण


जनकपुर – सिरहा जिल्लामा बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने गरी एक कार्यक्रमबीच जिल्लाका १७ वटै स्थानीय तहलाई व्यक्तिगत सुरक्षा उपकरण वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वय, स्टन्ड्रड चार्टटडको सहयोग र एक्सन एण्ड तथा दलित जनकल्याण युवा क्लब लहानको सहकार्यमा उक्त उपकरण स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री उपकरण हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले तराई मधेशको विशेष चार्डपर्व आउने लागेको हुनाले कोरोना संक्रमणबाट बच्न विशेष प्रकारको सर्तकता अपनाउनुपर्ने बताए ।

‘आ–आफ्नै घरमा यसवर्ष क्षमा पुजा गरेर दशैंं तथा अन्य पर्व मनाउनुपर्ने हुन्छ,’ उनले भने ,‘स्थानीय प्रशासनले पनि त्यही अनुसारको सुरक्षा योजना बनाएर अघि बढ्ने तयारीमा छ ।’

कोरोना संक्रमणको दर हेर्ने हो भने सिरहा जिल्ला देशकै दोश्रो स्थानमा रहेको उनले भने, ‘संक्रमणबाट जोगिन सजग रह्नुपर्ने हुन्छ ।’ जिल्लाको १५ वटा स्थानीय तहमा ५-५ बेडको आइसोलेसन अस्पताल संचालनको बजेट आइसकेको हुँदा अबिलम्ब त्यो संचालनमा गर्न स्थानीय तहहरुसँग उनले आग्रह गर्दै भने,‘क्याम्पस र विद्यालयमा संचालित क्वाइरेनटाइन संचालन गर्न अन्य ठाउँ खोज्नुपर्ने हुन्छ ।’ सबै तहलाई पीपीई प्राप्त हुनु खुशीको कुरा भएको भन्दै दातृ निकायलाई उनले धन्यवाद दिए ।

पुन: प्रयोगमा ल्याउन सक्ने पिपिइ, चस्मा, ग्लोब्स, एन ९५ माक्स र ह्याण्ड सेनिटाइजर लगायतका सामग्रीको सेट बनाइ जिल्लाको १७ वटै तहका स्वास्थ्य शाखा र कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई लक्षित गरेर व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जन कल्याण युवा क्लब लहानका अध्यक्ष उमेश बिसुन्केले बताए ।

जिल्ला स्वास्थ्य शाखाले उपलब्ध गराएको कर्मचारी संख्या अनुसार व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद बिसुन्केले बताए । वितरित उपकरणले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न काम गर्ने कर्मचारीलाई धेरै सहयोग पुग्ने उनको विश्वास छ ।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले पीपीईको प्रयोग पछि सफाइ गरेर फेरी प्रयोगमा ल्याउने तरिका, संक्रमण जोखिम न्यूनीकरण र कोरोना संक्रमण न्यून गर्न स्थानीय तह तथा कर्मचारीको भुमिका विषयमा अनुशिक्षण प्रस्तुतीकरण समेत गरेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ