२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सर्लाही सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि

सर्लाही सिडिओ अफिसका कर्मचारीमा पनि कोरोना पुष्टि


जनकपुर – जिल्ला प्रशासन कार्यालय सर्लाहीका कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । कार्यालयका एकजना नायब सुब्बाको पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

ती कर्मचारीमा पाँच दिनदेखि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लक्षण देखिएपछि उनी केही दिनदेखि बिदामा घर बसेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ‘कन्टयाक ट्रेसिङ’का आधारमा आज सबै कर्मचारीको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने बताए । कार्यालयमा अत्यधिक भिडभाड भइरहेका कारण उनमा कोरोना लागेको बताइएको छ ।

यसअघि सिरहा सिडिओ अफिसका ८ कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय नै बन्द भएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ