२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा संक्रमितको संख्या १४ हजार नाघ्यो

प्रदेश २ मा संक्रमितको संख्या १४ हजार नाघ्यो


जनकपुर – प्रदेश २ मा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७१ जना संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या १४ हजार १४ पुगेको हो  ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज थप भएका मध्ये धनुषाका ७ जना, महोत्तरीका २ जना, सिरहाका ५ जना, बाराका १० जना, पर्साका ८ जना र रौतहटका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११ हजार ५ सय ३० पुगेको छ ।

यस प्रदेशमा पछिल्लो २४ घण्टामा धनुषामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । शहिदनगर नगरपालिका १ चिरैया टोलका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ । जसमध्ये २४ महिला छन्  ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ