२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न

पर्साको बहुदरमाई नपामाको नगरदाहमा निःशुल्क नेत्र शिविर सम्पन्न


जनकपुर – विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बिहिबार शिविरमा माट्रिका आई फाउण्डेशनका नेत्र प्राविधिकले बासिन्दाको नेत्र परीक्षण गरेका थिए ।

बहुदरामाई नगरपालिका वडा नं ३ नगरदाहामा रहेको महाविर साह माध्यामिक विद्यालयमा आयोजना गरिएको नेत्र शिविरमा २ सय २५ जनाको नेत्र परीक्षण गरिएको माट्रिका आइ  फाण्डेशनका संयोजक महेश सिंह धामीले बताए ।

परीक्षणका क्रममा १ सय २६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ । जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको धामीले बताए । मोतिबिन्दु देखिएका बिरामीहरुको निशुल्क अप्रेशन गरिने धामीको भनाइ छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ