२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीमा थप १ पुरुषको मृत्यु

सप्तरीमा थप १ पुरुषको मृत्यु


जनकपुर – सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका ४ का ६७ वर्षीय पुरूषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो ।

बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएका उनको धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले बताए । मृतक निमोनियाका रोगी थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ