२०८३ कात्तिक ७, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनगढीमाई नगरपालिकाका आठ कर्मचारीमा कोरोना संक्रमण, ३० गतेसम्म सम्पूर्ण सेवा बन्द

धनगढीमाई नगरपालिकाका आठ कर्मचारीमा कोरोना संक्रमण, ३० गतेसम्म सम्पूर्ण सेवा बन्द


जनकपुर – धनगढीमाई नगरपालिकाका प्रशासकिय अधिकृत सहित ८ जनामा कोभिड –१९ संक्रमण देखिएपछि असोज ३० गतेसम्मका लागि आवश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

बाँकी कर्मचारीहरुको पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले त्यसको रिपोर्ट  नआउँदासम्म संक्रमण फैलिने उच्च जोखिम रहेको हुँदा आवश्यक सेवाबाहेक सम्पूर्ण बन्द रहने जारी सूचना उल्लेख गरिएको हो ।

सावित्रि कुमारी साहुद्वारा हस्ताक्षर गरी जारी गरिएको सुचनामा संक्रमण देखिएका कर्मचारीका सम्पर्क आएका व्यक्तिहरुमा पनि संक्रमण सम्भावना रहेकोले उनीहरुलाई पनि तत्काल पीसीआर परीक्षण गराउन अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ