२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयले सेवा पाए

निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयले सेवा पाए


जनकपुर—धनुषास्थित महेन्द्रनारायण निधी स्मृती प्रतिष्ठानको अगुवाईमा प्रतिष्ठानकै जनकपुरधाम स्थित शुभेच्छुकहरु तथा कोभिड–१९ मा समाजसेवाका लागि गठित क्वीक रेस्पोन्स टिमको संयुक्त आयोजनामा यस क्षेत्रका गरिब तथा विपन्नहरुका लागि उनीहरुकै वडा र टोलहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको छ ।

टिमले गरिब तथा विपन्न बस्तीहरुमै चिकित्सकहरुसहित पुगेर निःशुल्क स्वास्थ्य शिविर गरिरहेको छ । प्रत्येक शनिबार शिविर आयोजना गर्दै आइरहेको छ । पाँचौ सप्ताहमा विभिन्न वडामा गरि करिव दुई हजार स्थानीयले स्वास्थ्य उपचार गराएको टिमका संयोजक मनोज साहले बताए ।

निःशुल्क शिविरमा हरेक विभागका विशेषज्ञ चिकित्सहरुको टिमले सम्बन्धित विरामीहरुको उपचार गर्ने गरेको छ । त्यतिमात्र होइन प्याथोलोजी ल्याबको परीक्षणका साथै औषधिसमेत निःशुल्क वितरण भइरहेको टिमले जनाएको छ । वडा र टोलमै निःशुल्क स्वास्थ्य उपचार सेवा पाएपछि स्थानियवासीहरु खुसी भएका छन् ।

धनुषाको धनौजी गाँउपालिका—५ बहुअर्वामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आएका स्थानीय गीतादेवी महरा र रामशोभित मण्डल निःशुल्क शिविरले एकदमै राहत भएको बताए । शिविरमा मात्र करिव ६ सय जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

साताको एक दिन शनिबार गरिब तथा विपन्नको निःशुल्क सेवा गर्न पाँउदा चिकित्सकसमेत खुसी छन् । अभाव र समस्यामा रहेकाहरुको सेवा गर्न पाँउदा बेग्लै खुसी महसुस हुने गरेको चिकित्सकहरु बताउँछन् । शिविरमा संलग्न दन्त रोग विशेषज्ञ डा. सज्जन ठाकुरले आफ्नो क्लिनिकभन्दा अलग र सद्भावमूलक मिठो अनुभव यस्ता शिविरहरुवाट प्राप्त भइरहेको अनुभव सुनाए । शिविरमा प्रदेशसभा सांसद रामसरोज यादव, जीवनाथ चौधरी, सन्तोष यादव, नेतृ सम्झना वर्मालगायतको समेत उपस्थिती थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ