२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा स्वास्थ्य र पदकसम्बन्धि विद्येयक सर्वसम्मत पारित

प्रदेश २ मा स्वास्थ्य र पदकसम्बन्धि विद्येयक सर्वसम्मत पारित


जनकपुर –  प्रदेश २ को प्रदेशसभाको बैठकबाट दुईवटा विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेशको स्वास्थ्य सेवासम्बन्धि विद्येयक र प्रदेश पदकसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्तुत गरेको स्वास्थ्य सेवासम्बन्धी विधेयक र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गर्नभएको प्रदेश पदकसम्बन्धी विधेयकमा उपस्थित सांसदहरुले समर्थन जनाएपछि सर्वसम्मत रुपमा पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका छन् ।

सदनमा प्राकृतिक स्रोत तथा वातावरण समिति सभापति रामचन्द्र मण्डलले प्रदेश वन विधेयक २०७७ उपर दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन सभामा पेस गर्नुभएको थियो ।

त्यस्तै, पूर्वाधार विकास अध्ययन विशेष समितिका अध्यक्ष परमेश्वर साहले प्रादेशिक दुग्ध विकास बोर्ड स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ उपर दफावार छलफल गरि तयार गरिएको प्रतिवेदन पेस गरेका छन् ।

प्रस्तुत विद्येयकबारे सांसदहरुले अर्को बैठकमा आ-आफनो धारणा राख्नेछ । प्रदेशसभाको बैठक मंगलबार दिउँसो एक बजे बस्ने तय भएको संसद  सचिवालयका निमित्त प्रमुख रंजित यादवले बताए  ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ