२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महाेत्तरीका आठ जना सञ्चारकर्मीमा संक्रमण पुष्टि, महासंघद्वारा चिन्ता व्यक्त

महाेत्तरीका आठ जना सञ्चारकर्मीमा संक्रमण पुष्टि, महासंघद्वारा चिन्ता व्यक्त


जनकपुर – महोत्तरीमा कोभिड- १९ संक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ । मंगलबार एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि  संख्या बढेर आठ पुगेको हो । यसअघि नै चार जनामा संक्रमण पुष्टि भएको थियो ।

आज संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफूमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउँको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए ।

सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् । यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पीसीआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो ।

यसैगरी, अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि, महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन् ।

महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएको हो । यता, पत्रकार महासंघ महाेत्तरीले संक्रमित भएका पत्रकारहरू चिन्ता व्यत्त गरेका छन ।

 


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ