२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाको लक्ष्मीपुरमा स्वास्थ्य चौकी र करोना अस्पतालको उद्घाटन

सिरहाको लक्ष्मीपुरमा स्वास्थ्य चौकी र करोना अस्पतालको उद्घाटन


धनुषा – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –१ मा पाँच बेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकी उदघाट्न भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमा अस्पतालको उदघाटन भएको हो ।

उदघाटन समारोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा उदघाट्नले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए ।

जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण काम गरेको उनले जनाए । जग्गादाता साहले नेपाल सरकारबाट आब २०७६ र ०७७ मा पिप्रा स्वास्थ्यचौकीलाई १५ बेडको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । सो अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले ७ कठ्ठा जग्गा दान गरेको थियो ।

जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए । ‘दर्ता गर्दा उक्त भवन स्वास्थ्य चौकीको नामले दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न सकेको छैन, ‘अध्यक्ष साहले भने ।

”एक पालिकामा एक अस्पताल’ बनाउने सरकारको लक्ष्य छ गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ, ‘उनले थपे । सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष साहले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ