२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण

धनुषाको बटेश्वर गाउँपालिकामा गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार वितरण


धनुषा—धनुषाको बटेश्वर गाउँपालिकाका पाँच सय गर्भवती तथा सुत्केरीहरुलाई पौष्टिक आहार प्रदान गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरीहरुलाई आइरनका साथै पौष्टिक आहारको आवश्यकता महसुस गरेर पौष्टिक आहार वितरण गरेको छ ।

पालिकाले पाँच वटै वडा कार्यालय मार्फत बिहीवार गर्भवती तथा सुत्केरीलाई क्यालसीयम चक्की, होरलिक्स र लाइफ ब्वाई साबुन प्रदान गरेको बटेश्वर गाउँपालिकाका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीले बताए ।

बटेश्वर गाउँपालिका—४ का गर्भवती तथा सुत्केरीहरुलाई पालिकाबाट पालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्री र पालिका उपप्रमुख प्रमिला देवी सिंहलगायतका स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले पौष्टिक आहार तथा सावुन प्रदान गरेको हुन् ।

पालिकामा पौष्टिक आहार वितरण कार्यक्रममा आएकी गर्भवती तथा सुत्केरीहरुले होरलिक्स, सावुन र क्यालसियम चक्की पाएपछि खुशी व्यक्त गरेको पालिका उपप्रमुख प्रमिला सिंहले बताइन ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ